अपडेट : कपास फ्याक्ट्रीको आगो नियन्त्रणमा | Khabarhub Khabarhub

अपडेट : कपास फ्याक्ट्रीको आगो नियन्त्रणमा


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भक्तपुरको बालकोटस्थित एक कपास फ्याक्ट्रीमा लागेको आगो नियन्त्रणमा आएको छ ।

बिहान ५ बजे अचानक लागेको आगो दमकल, प्रहरी तथा स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको हो ।

सूर्यविनायक नगरपालिका–२ बालकोटको रेडक्रस भवन नजिकै रहेको कपास फ्याक्ट्रीका दुई गोदाममध्ये एकमा आगो लागेको स्थानीय राम भट्टराईले जानकारी दिए ।

भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ बजे सल्किएको आगो फैलिएर पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा आगो लागेको कामदारले बताएका छन् ।

के कारणले आगलागी भयो भन्ने यकिन नभए पनि आगलागीका क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि कारखानामा आगो फैलिएको थियो ।

काठमाडौँ र भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ ।

आगलागीबाट कारखानामा रहेका कपडा, कपडा पेलेर बनाइएको कालो कपास, मेशिन, औजार र अन्य सामान जलेर नष्ट भएका छन् । प्रहरी वृत्त थिमिमा प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले आगलागीका कारण खुलिनसकेको र घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।

आगलागीबाट करीब २५ लाख बराबरको क्षतिको अनुमान भएको र क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : ३१ बजे

हैजा नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले पठायो औषधि

काठमाडौं– हैजा नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

समाचार सङ्कलनमा खटिइएका चार पत्रकार घाइते 

काठमाडौं– ‘जेनजी’ प्रदर्शनको समाचार सङ्कलनमा खटिएका चार पत्रकार घाइते भएका

खेलकुदमन्त्रीले भने- जेनजी पुस्तालाई समेट्ने किसिमको युवा नीति ल्याएका छौँ

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक

‘मानव अधिकार आयोगको गाडीमा आगजनी’

काठमाडौं– जेन-जी प्रदर्शनको अनुगमन गर्न गएको राष्ट्रिय मानव अधिकार आयोगको

‘जेनजी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी’ पुस्ताले उठाएका माग