दशैंका लागि आजबाट खुल्यो अग्रिम टिकट बुकिङ « Khabarhub

दशैंका लागि आजबाट खुल्यो अग्रिम टिकट बुकिङ


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आइतबार (आज) बाट गाडीको अग्रिम टिकट बुकिङ खुलेको छ ।

यातायात कम्पनीहरुले आइतबार बिहानबाट दशैँका लागि टिकट बुकिङ सुरु गरेका हुन् ।

यातायात व्यवस्था विभागमा केही दिन अघि यातायात व्यवसायीसँग भएको छलफलअनुसार आजबाट दशैँका लागि टिकट बुकिङ खुला गरेको हो ।

लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ ।

कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ शुरु भएसँगै दशैमा घर जान चाहने यात्रु टिकट काट्नका लागि बिहानैबाट पुगेका छन् ।

यसपटकको दशैँमा करिब ३५ लाख मानिसले काठमाडौं छाड्ने अनुमान छ । यसैबीच, उपकत्यकामा यात्रु सहायता कक्ष भने असोज १० गतेबाट खुल्ने भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १० : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै