दिल्लीका ट्याक्सीमा कन्डम अनिवार्य, नियम मिच्नेलाई ६ लाख जरिवाना ! « Khabarhub

दिल्लीका ट्याक्सीमा कन्डम अनिवार्य, नियम मिच्नेलाई ६ लाख जरिवाना !


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको दिल्लीमा ट्याक्सी चालकहरु आफ्नो सवारीमा कन्डम राखेर हिँड्न थालेका छन् । यदी उनीहरुले सवारीमा कन्डम राखेनन् भने ट्राफिकले चिट काट्ने गरेको समाचारहरु सार्वजनिक भएको छ ।

भारतीय अनलाइन आज तकका अनुसार दक्षिण दिल्लीको नेल्सन मण्डेला मार्गमा एक ट्याक्सी ड्राइभर धमेन्द्रलाई ट्राफिक प्रहरीले रोक्यो । यसपछि प्रहरीले उनको गाडीमा रहेको फस्र्ट एड बक्स जाँच गर्‍यो । उक्त बक्सामा कन्डम नभएपछि ट्राफिकले चिट काट्यो ।

प्रहरीले कन्डोम नभएका कारण चिट काटेको जनाएपनि चिटमा भने तिव्र गति उल्लेख गरिदियो । त्यसपछि धम्रेन्द्र सधैं ट्याक्सीमा कन्डम राख्न थाले ।

यो हल्लासँगै अधिकांश ट्याक्सी चालकले आफ्नो सावरीमा कन्डोम राख्न थालेका छन् ।

तर कतिपय ड्राइभरका अनुसार प्रहरीले चेकिङका क्रममा कन्डमका बारेमा सोधेको भने छैन । तर दिल्ली मोटर भेइकल एक्ट या सेन्ट्रल मोटर भेइकल एक्टमा कही पनि कन्डम राखेर सवारी चलाउनुपर्ने व्यवस्था भने गरिएको छैन ।

सर्वोदय ड्राइभर एसोसिएशनका अध्यक्ष कमलजीत गिलका अनुसार कन्डमको प्रयोग अफ्ट्यारोमा प्रयोग गर्न सकिने भएकोले उपयोगी भएको बताउँछन् । यदी कसैलाई काट्यो र रगत बगिरहेको छ भने कन्डमले बाँधन सकिने, ट्याक्सीमा तेल चुहिएको स्थानलाई रोक्नका लागि पनि कन्डमले बाँध्न सकिने र त्यसले दुर्घटना टर्ने उनको भनाइ छ ।

भारतमा एक सेप्टेम्बरदेखि नयाँ मोटर भेइकल एक्ट लागू भएको छ । यो कानून लागू भएसँगै ट्राफिक उल्लंघन गर्नेमाथि को जरिवाना रकम पनि कयौं गुणा बढाइएको छ । हरेक क्षेत्रमा प्रहरीले चालकको जाँचलाई तिब्र बनाएको छ ।

समाचारहरुका अनुसार ट्राफिक नियम उल्लंघन गर्नेहरुमा माथि ठूलो रकम जरीवाना गर्दै चिट थमाइएको छ ।

कसलैलाई पचास हजारको चलान काटिएको छ भने कसैलाई एक लाख रुपैयाँको जरीवाना काटिएको छ । ६ लाख सम्मको जरिवाना चिट काटिएका समाचारहरु आएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ११ : ३४ बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष