साढे ४ करोड कर्जा हिनामिना– बैंकका पूर्व सीईओसहित ११ जना पक्राउ « Khabarhub

साढे ४ करोड कर्जा हिनामिना– बैंकका पूर्व सीईओसहित ११ जना पक्राउ


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंक अफ काठमाडौंबाट भएको कर्जा हिनामिना प्रकरणमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

नक्कली जग्गा धितो राखेर ४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरी सर्वसाधारणको निक्षेप हिनामिना गर्ने कार्यमा संलग्न बैंकका कर्मचारीसहित ११ जनालाई पक्राउ गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंक अफ काठमाडौंमा भएको कर्जा अनियमितता प्रकरणको अनुसन्धान गरिरहेको छ ।

खोलाले बगाइसकेको एउटा जग्गालाई धितो कायम गरी डेढ लाख रुपैयाँ कर्जा प्रवाह गरेको घटनाको अनुसन्धान गर्दा सोही प्रक्रिया अपनाएर अन्य ३ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिएको सीआईबीका प्रवक्ता (प्रहरी उपरीक्षक) बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रवक्ता पाण्डेका अनुसार कर्जा अनियमितता प्रकरणमा बैंक अफ काठमाडौंका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ४ जना पूर्व कर्मचारी र ३ जना वहालवाला कर्माचारी पक्राउ परेका छन् । यस्तै, अन्य ४ जना ऋणि बनेका व्यक्तिलाई पक्राउ गरिएको पाण्डेले बताए ।

पाण्डेका अनुसार बैंकका पूर्व सीईओ श्रेष्ठ समेतको मिलेमतोमा विभिन्न ठाउँका जग्गालाई धितो देखाएर ४ करोड ५० लाख रुपैयाँ ऋण निकालिएको छ ।

‘पहिले डेढ करोड र पछि तीन करोड गरी उनीहरुको समूहले अहिलेसम्म बैंकबाट ४ करोड ५० लाख ऋण निकालेर अनियमितता गरेको देखिएको छ,’ सीआईबीका प्रवक्ता पाण्डेले खबरहबसँग भने, ‘यो समूहले अरु पनि अनियमितता गरेको देखिएको छ । थप अनियमितताका विषयमा अनुसन्धान भइरहेको छ ।’

सीआईबीका प्रवक्ता पाण्डेका अनुसार बैंक अफ काठमाडौंको कमलादी शाखाबाट उक्त कर्जा प्रवाह गरिएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १२ : ३१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह