दशैंका लागि खुल्यो बस टिकट, कहाँ पुग्न कति लाग्छ भाडा ? (सूचीसहित) | Khabarhub Khabarhub

दशैंका लागि खुल्यो बस टिकट, कहाँ पुग्न कति लाग्छ भाडा ? (सूचीसहित)


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैं मनाउन उपत्यका बाहिर जाने यात्रुका लागि आइतबार (आज) बाट गाडीको अग्रिम टिकट बुकिङ खुलेको छ ।

यातायात कम्पनीहरुले आइतबार बिहानबाट दशैँका लागि टिकट बुकिङ सुरु गरेका हुन् ।

कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ शुरु भएसँगै दशैमा घर जान चाहने यात्रु टिकट काट्नका लागि बिहानैबाट पुगेका छन् । ति क्षेत्रमा सर्वसाधारणको भीड देखिएको छ ।

यातायात व्यवस्था विभागमा केही दिन अघि यातायात व्यवसायीसँग भएको छलफलअनुसार आजबाट दशैँका लागि टिकट बुकिङ खुला गरेको हो ।

लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ ।

यसपटकको दशैँमा करिब ३५ लाख मानिसले काठमाडौं छाड्ने अनुमान छ ।

दशै अघि भाडा बढाउन व्यवसायीले आग्रह गर्दै आएका थिए तर सरकारले भने दशैं अघि भाडा बढाउन नसकिने बताएसँगै पूरानै मूल्यमा यात्रुले यात्रा गर्न पाउने भएका छन् ।

कहाँ जान कति भाडा ?

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  २ : १८ बजे

हिल्टनको प्राङ्गणबाट आयो धुवाँको कालो मुस्लो

काठमाडौं – हिल्टन होटेलमाथि पनि आन्दोलनकारीले आक्रमण गरेका छन् ।

मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिँदै

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिने भएका छन् ।

नाउपाले पनि सङ्घ र प्रदेशका सांसदको राजीनामा गराउने

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सङ्घका चार प्रदेशका

प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा पनि आगजनी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर (बालकोट) स्थित निवासमा पनि

एम्बुलेन्सलाई पनि चेक गरेर छोड्दै आन्दोलनकारी  

काठमाडौं– काठमाडौंलगायत देशका विभिन्न ठाउँमा जेन-जीको प्रदर्शन दोस्रो दिन आज