कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुहोस् : मन्त्री अर्याल « Khabarhub

कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुहोस् : मन्त्री अर्याल


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर सही रूपमा जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरेकी छन् ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेडले मन्त्रालयको सहयोगमा ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई आज (आइतबार) भक्तपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले काम गर्नेलाई काम दिन जोड दिएकी हुन् ।

मन्त्री अर्यालले खासगरी योगना बाँडफाँडका क्रममा हुनेगरेका बेथितिलाई इङ्गित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सही रूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गरिन् ।

अब योजना बाँडफाँड गर्दा यस्ता कुरालाई पनि ध्यान दिन मन्त्री अर्यालले आग्रह गरिन् । उनले भनिन्, ‘कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजनाका काम दिनुहोस् ।’

मन्त्री अर्यालले अहिले जनतामा निराशा बढाउने प्रयास गरिएको बताउँदै अवस्था त्यस्तो नभएको जिकिर गरिन् । अब विकासका निम्ती हिजोका नमिलेका पुराना कानुनहरूलाई संशोधन गर्दै जानुपर्ने भन्दै अहिलेको कानुन आजको आवश्यकतालाई समाधान गर्ने खालको हुनुपर्ने बताइन् ।

त्यस अवसरमा मन्त्री अर्यालले सहकारी महासंघको तर्फबाट इण्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभ (इफ्को)का एमडी डा.यु.एस. अवस्थीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिन् ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : ३० बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका