बेचबिखनमा परेका पीडित न्याय पाउनबाट बञ्चित « Khabarhub

बेचबिखनमा परेका पीडित न्याय पाउनबाट बञ्चित


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव बेचबिखनमा परेका पीडित न्याय पाउनबाट बञ्चित रहेको आफन्त नेपालले गरेका एक अध्यननले देखाएको छ ।

आफन्तले मानव बेचबिखन पीडित केन्द्रीत वैज्ञानिक अन्तरवार्ता स्रोत सामाग्री पुस्तिकामा मानव बेचबिखनमा परेका पीडितले न्यायका लागि सरकारको आस गर्ने छाडेको उल्लेख गरेको छ ।

देशभर करिब १० हजारको हाराहारीमा मानव बेचबिखन पीडित भएपनि कानूनी उपचारका लागि करिब ३ सय मुद्दा मात्र दर्ता हुने गरेको पुस्तिकामा खुलाइएको छ । यसरी मानव बेचबिखनमा परेका पीडित इज्वत जाने डरले प्रशासनसम्म नपुग्ने गरेको पुस्तिकाले औल्याएको छ ।

सरकारले मानव बेचबिखन पीडितलाई उचित न्याय र दोषीलाई कारवाही गर्ने महिला, वालबालिका तथा ज्येष्ट नागरिक मन्त्री पर्वत गुरुङले बताएका छन् ।

मानव बेचबिखन भइरहेको घटनाप्रति सरकार गम्भीर भएर काम गरिरहेको छ । आगामी दिनमा विभिन्न सरकार र गैरसरकारीसँग मिलेर अभियान चलाउने उनको भनाइ छ ।

मानव बेचबिखनमा परेका पीडित दैनिकमा समस्या उत्पन्न हुने गरेको आफन्त नेपालमा निर्देशक इन्द्रराज भट्टराईले बताएका छन् । राज्य अन्जानमा मानव बेचबिखनमा परेका पीडितलाई रोजगारी, शिक्षा र स्वास्थ्यका लागि विषेश व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

आफन्तले मानव तस्करीमा परेका पीडितलाई अभिमुखिकरण तालिम, लैगिक समानतामा, सिमा अनुगमन र मानव बेचबिखनमा विरुद्धमा आवाज उठाउदै आएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १ : ३९ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन