स्थानीय र प्रदेश सरकारमा ‘पावर’ प्रदर्शन : जता पहुँच उतै बजेट | Khabarhub Khabarhub

स्थानीय र प्रदेश सरकारमा ‘पावर’ प्रदर्शन : जता पहुँच उतै बजेट


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेशको विकास बजेट मुख्यमन्त्री, मन्त्री, सभामुख र पहुँचवाला सांसदका गाउँमा मात्र थुप्रिन थालेपछि स्थानीय तहसँग द्वन्द्व शुरु भएको कान्तिपुर दैनिकमा खबर छ ।

स्थानीयबासीले मन्त्री तथा सांसदहरुको विरोध थालेका छन् भने विकास निर्माणका परियोजना सञ्चालन गर्ने विषयमा पनि विवाद उत्पन्न हुन थालको छ ।
आफ्नै गाउँमा मात्र बढी योजना पारेको भन्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा चढेको गाडीलाई छेकेर उनकै पार्टीका कार्यकर्ताले केहिदिन अघि कालो झण्डा देखाएका थिए ।

त्यस्तै बैतडीमा नदी नै नभएको ठाउँमा तटबन्धका लागि बजेट छुट्टिएको छ । सुनखोला नदी तटबन्ध निर्माण हुने भनिएपनि योजना कार्यान्व्यन गर्न इन्जिनियर घटनास्थल पुग्दा खोला नभेटेपछि विनियोजित ७५ लाख खर्च गर्न योजनाकै नाम फेरेर स्कुल तटबन्ध भनिएको छ ।

त्यस्तै बझाङ खप्ड छान्ना गाउँपालिकाको बडाकोट जान दुई सडक बनाउन खोजिएपछि उत्पन्न विवाद मिलाउन उपभोक्ता समितिमा उठबससहितको बैठक बसेको छ । यि सुदूरपश्चिम प्रदेशका प्रतिनिधि घटना हुन देशभरका स्थानीय तहमा नेताहरुले पहुँचका आधारमा बजेट विनियोजन गर्दैै आफ्नै ठाउँमा मात्र योजना ल्याउँदा समस्या उत्पन्न भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा एकता प्रक्रिया लम्बिँदै गएको छ । जहाँ नेताहरुको वर्चस्व बढाउने होडका कारण समस्या उत्पन्न भएको छ । कसको प्रतिनिधित्व कति, कसरी भन्ने स्वार्थका कारण एकता प्रक्रिया जटिल बन्दै गएको नेताहरुले बताएका छन् । केन्द्रीय समिति बनाउने बेलामा पूर्वएमाले र पूर्वमाओवादीका कति राख्ने भन्ने विवाद थियो । अहिले प्रदेश कमिटीमा आफू निकटका व्यक्ति कसलाई कसरी राख्ने भन्ने विवाद छ ।

तारागाउँ रिजेन्सीमा भएको अनियमिताता दिनप्रतिदिन सार्वजनिक हुँदै आएको छ । व्यवसायिका पोल्टामा सरकारी सेयर पुगेको समाचार पत्रिकाले छापेको छ ।

त्यस्तै कांग्रेसका जिल्ला सभापतिहरुले भेला बोलाएको, गण्डकी कलेज खुलेपनि मनमुटाव नहटेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ६ : ४६ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन