उत्तर कोरियाविरुद्ध लगाउँदै नलगाइएको नाकाबन्दी ट्रम्पले फिर्ता गरेपछि… « Khabarhub

उत्तर कोरियाविरुद्ध लगाउँदै नलगाइएको नाकाबन्दी ट्रम्पले फिर्ता गरेपछि…


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध हालै लगाइएको नाकाबन्दी फिर्ता गर्ने भनी गरेको ट्विटपछि भ्रम फैलिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिन अघि ट्विट गर्दै उत्तर कोरियाविरुद्ध हालै लगाइएको नाकाबन्दी फिर्ता गरेको जनाएका थिए । तर, अमेरिकाले उत्तर कोरियाविरुद्ध पछिल्लो समय कुनै नाकाबन्दी भने लगाएको छैन ।

उनले ट्विटमा उत्तर कोरियाविरुद्ध लगाइएका ‘ठूलोस्तरका नाकाबन्दी फिर्ता गरिने’ घोषणा गरेका थिए ।

त्यसबाहेक शुक्रबार ट्रम्पले गरेको ट्विटमा थप भनिएको छ – ‘आजमात्र अमेरिकी अर्थमन्त्रालयले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीमा थप हुनेगरी ठूलोस्तरको नाकाबन्दीको घोषणा गरेको छ । आजमात्र मैले त्यस्तो नाकाबन्दी फिर्ता गर्न निर्देशन दिएको छु ।’

यद्यपि अमेरिकाको अर्थमन्त्रालयले उत्तर कोरियासँग कारोबार गर्ने दुई चिनियाँ कम्पनीमाथि नाकाबन्दी लगाउने घोषाणा गरेको थियो । अमेरिकी अर्थमन्त्रालयको घोषणाको केही घण्टालगत्तै उत्तर कोरियाले दक्षिण कोरियामा रहेको आफ्नो सम्पर्क कार्यालय बन्द गर्ने घोषणा गरेको थियो ।

अमेरिकी अर्थमन्त्रालयको घोषणासँगै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाविरुद्ध लगाइएका नाकाबन्दी फिर्ता गरिएको ट्विट गरेका थिए ।
तर, पछिल्लो समय प्रत्यक्ष रुपमै उत्तर कोरियाविरुद्ध अमेरिकाले नाकाबन्दी नलगाएका कारण उनको ट्विट कतातिर लक्षित छ भन्ने अझै स्पष्ट नभइसकेको बताइएको छ ।

यद्यपि केही अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार उत्तर कोरियाविरुद्ध केही समयपछि लगाउन लागिएको नाकाबन्दीबारे राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटमा उल्लेख गरेको हुनसक्छन् ।

यसैकारण उत्तर कोरियाविरुद्ध लगाउँदै नलगाइएको नाकाबन्दी कसरी फिर्ता गरियो भन्ने बारे अमेरिकामा भ्रम फैलिएको बताइएको छ ।

भ्रम फैलिनुको अर्को कारण के पनि छ भने अमेरिकी अर्थमन्त्रालयले उत्तर कोरियासँग कारोबार गर्ने चिनियाँ कम्पनीविरुद्ध बिहीबार

नाकाबन्दी लगाउने घोषणा गरेको थियो । तर, ट्रम्पले आफ्नो ट्विटमा उत्तर कोरियाविरुद्ध शुक्रबार नाकाबन्दी लगाइएको जनाएका छन् ।

अमेरिकी राष्ट्रपति तथा अमेरिकाका शीर्षस्थ नीतिनिर्माताबीच यस्तो भ्रम फैलिएसँगै उत्तर कोरियाबारे उच्च अमेरिकी राजनीतिक तथा सरकारी वृत्तमा कस्तो मतभेद रहेछ भन्ने पनि यसले स्पष्ट पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु बताउँछन् ।

उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमविरुद्ध अमेरिकाले श्रृङ्खलाबद्ध रुपमा नाकाबन्दी लगाउँदै आएको छ ।

गत फेब्रुअरी महिनाको अन्त्यमा भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भएको दोश्रो शिखर वार्ता बिना निष्कर्ष टुङ्गिएपछि अमेरिका र उत्तर कोरियाबीच केही विकसित हुँदै गएजस्तो देखिएको सम्बन्ध एकाएक अवरुद्ध भएको बताइन्छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ८ : ०७ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव