उत्तर कोरियाविरुद्ध लगाउँदै नलगाइएको नाकाबन्दी ट्रम्पले फिर्ता गरेपछि… « Khabarhub

उत्तर कोरियाविरुद्ध लगाउँदै नलगाइएको नाकाबन्दी ट्रम्पले फिर्ता गरेपछि…


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध हालै लगाइएको नाकाबन्दी फिर्ता गर्ने भनी गरेको ट्विटपछि भ्रम फैलिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिन अघि ट्विट गर्दै उत्तर कोरियाविरुद्ध हालै लगाइएको नाकाबन्दी फिर्ता गरेको जनाएका थिए । तर, अमेरिकाले उत्तर कोरियाविरुद्ध पछिल्लो समय कुनै नाकाबन्दी भने लगाएको छैन ।

उनले ट्विटमा उत्तर कोरियाविरुद्ध लगाइएका ‘ठूलोस्तरका नाकाबन्दी फिर्ता गरिने’ घोषणा गरेका थिए ।

त्यसबाहेक शुक्रबार ट्रम्पले गरेको ट्विटमा थप भनिएको छ – ‘आजमात्र अमेरिकी अर्थमन्त्रालयले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीमा थप हुनेगरी ठूलोस्तरको नाकाबन्दीको घोषणा गरेको छ । आजमात्र मैले त्यस्तो नाकाबन्दी फिर्ता गर्न निर्देशन दिएको छु ।’

यद्यपि अमेरिकाको अर्थमन्त्रालयले उत्तर कोरियासँग कारोबार गर्ने दुई चिनियाँ कम्पनीमाथि नाकाबन्दी लगाउने घोषाणा गरेको थियो । अमेरिकी अर्थमन्त्रालयको घोषणाको केही घण्टालगत्तै उत्तर कोरियाले दक्षिण कोरियामा रहेको आफ्नो सम्पर्क कार्यालय बन्द गर्ने घोषणा गरेको थियो ।

अमेरिकी अर्थमन्त्रालयको घोषणासँगै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाविरुद्ध लगाइएका नाकाबन्दी फिर्ता गरिएको ट्विट गरेका थिए ।
तर, पछिल्लो समय प्रत्यक्ष रुपमै उत्तर कोरियाविरुद्ध अमेरिकाले नाकाबन्दी नलगाएका कारण उनको ट्विट कतातिर लक्षित छ भन्ने अझै स्पष्ट नभइसकेको बताइएको छ ।

यद्यपि केही अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार उत्तर कोरियाविरुद्ध केही समयपछि लगाउन लागिएको नाकाबन्दीबारे राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटमा उल्लेख गरेको हुनसक्छन् ।

यसैकारण उत्तर कोरियाविरुद्ध लगाउँदै नलगाइएको नाकाबन्दी कसरी फिर्ता गरियो भन्ने बारे अमेरिकामा भ्रम फैलिएको बताइएको छ ।

भ्रम फैलिनुको अर्को कारण के पनि छ भने अमेरिकी अर्थमन्त्रालयले उत्तर कोरियासँग कारोबार गर्ने चिनियाँ कम्पनीविरुद्ध बिहीबार

नाकाबन्दी लगाउने घोषणा गरेको थियो । तर, ट्रम्पले आफ्नो ट्विटमा उत्तर कोरियाविरुद्ध शुक्रबार नाकाबन्दी लगाइएको जनाएका छन् ।

अमेरिकी राष्ट्रपति तथा अमेरिकाका शीर्षस्थ नीतिनिर्माताबीच यस्तो भ्रम फैलिएसँगै उत्तर कोरियाबारे उच्च अमेरिकी राजनीतिक तथा सरकारी वृत्तमा कस्तो मतभेद रहेछ भन्ने पनि यसले स्पष्ट पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु बताउँछन् ।

उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमविरुद्ध अमेरिकाले श्रृङ्खलाबद्ध रुपमा नाकाबन्दी लगाउँदै आएको छ ।

गत फेब्रुअरी महिनाको अन्त्यमा भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भएको दोश्रो शिखर वार्ता बिना निष्कर्ष टुङ्गिएपछि अमेरिका र उत्तर कोरियाबीच केही विकसित हुँदै गएजस्तो देखिएको सम्बन्ध एकाएक अवरुद्ध भएको बताइन्छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ८ : ०७ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा