तपाईलाई माइग्रेन छ ? यस्ता कुराबाट सचेत रहनुस् « Khabarhub

तपाईलाई माइग्रेन छ ? यस्ता कुराबाट सचेत रहनुस्


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

टाउको दुख्ने समस्या नेपालीको सामान्य समस्या बन्दै गएको छ । टाउको दुख्दा तपाई के गर्नुहुन्छ ? प्राय: नेपालीहरु टाउको दुख्दा रुमाल वा सलले टाउको बाँधेर बस्छन् । टाउको दुख्दा सकेसम्म सहने र सहनै नसक्ने गरी टाउको दुखेमा पेन किलर खाइदिने बानी धेरैको होला ।

टाउको दुख्दा सधैँ पेन किलर खाँदा तपाईको दुखाई एकपटक मात्रै निको हुन्छ । केही दिन, महिना पछि तपाईको टाउको फेरि दुख्न थाल्छ ।

टाउको दुखाइका कारणहरु धेरै हुन्छन् । तपाईमा स्नायु सम्बन्धी समस्या तथा अन्य रोगहरु छ भने पनि टाउनको दुख्न सक्छ । टाउँको दुख्ने कारणहरुमा माइग्रेन पनि एउटा प्रमुख कारण हो ।  त्यसैले टाउनको दुख्दा पेन किलर खानुभन्दा राम्रोसँग विशेष चिकित्सकको परामर्शमा स्वास्थ्य परीक्षण गरी दुखाइको कारण पत्ता लगाउनु दीर्घकालीन उपचार हो ।

चिकित्सकहरुका अनुसार टाउको दुख्ने समस्या लिएर अस्पताल पुग्ने मध्ये ३० प्रतिशतमा माइग्रेनको समस्या हुने गर्छ ।  माइग्रेन भनेको न्यूरो भाष्कुरल कन्डिसन हो । मस्तिस्कमा हुने रक्तनली सुन्निएर वा फुलेर नसाहरु तन्किन्छ । जसका कारण टाउको दुख्ने समस्या हुन्छ ।

माइग्रेनका लक्षणहरु यस्ता हुन्छन्

–टाउकोको एकापट्टि भागमा अत्याधिक पीडा हुने,

–चार घण्टादेखि ७ दिनसम्म टाउको दुखिररहने,

–दुखाइसँगै वाक-वाक लाग्ने,

–वान्ता हुने,

–चिडचिडापन हुने,

–बोल्न मन नलाग्ने,

–बत्तिको उज्यालोमा बस्न नसक्ने,

–काम गर्दा दुखाइ बढ्ने ।

माइग्रेनका बिरामीलाई यस्तो कुराले असर पार्छ

–चर्को घाम,

–धेरै गर्मी  वा धेरै जाडो मौसम,

–धेरै चर्को आवज तथा होहल्ला,

–कामको चाप

–नराम्रो कुरा वा तनाव,

–मनमा पीडाबोध भएमा वा दुखी भएमा,

–निद्रा नपुग्दा तथा धेरै सुत्दा,

–कफी,चकलेट, मदिरा सेवन,

–अजिनोमोटो हालिएको खानेकुरा खाँदा

–खाना नखाँदा,

–महिलामा हुने महिनावारीमा देखिने समस्या,

–पर्फ्युम, पेट्रोल, डिजेलको गन्ध आदि

माइग्रेनको समस्या भएका व्यक्तिहरुमा माथिका कुराहरुले असर पुर्‍याउने भएकाले तपाईमा माइग्रेनको समस्या छ भने यी कुराहरुबाट सधै बच्ने प्रयास गर्नुपर्छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  २ : ५३ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष