भारतीय प्रधानमन्त्री मोदीले गरे गुजरातबाट मतदान « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले गरे गुजरातबाट मतदान


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अहमदाबाद– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी ९० वर्षीया आमा हीराबेन मोदीले गुजरातको अहमदाबादमा मतदान गरेका छन् ।

प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका थिए । गुजरातमा बिहान ७ बजे नै मतदान केन्द्रहरु खुलेका थिए । मतदानको कार्य साँझ ६ बजेसम्म चल्नेछ ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि प्रधानमन्त्री मोदीसँगै मतदान स्थल पुगेका थिए । शाह पनि गुजरातको गान्धीनगर निर्वाचन क्षेत्रबाट लोकसभा सदस्यमा उम्मेदवार बनेका छन् । शाहले पनि गुजरातमै मतदान गरेका थिए ।

प्रधानमन्त्रीले मतदानपछि सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे । उनले आतङ्कवादीले प्रयोग गर्ने बिस्फोटक पदार्थभन्दा मतदातासँग रहने मतदान परिचयपत्र बढी शक्तिशाली रहेको पनि बताए ।

गुजरातका सबै २६ निर्वाचन क्षेत्रमा मङ्गलबार चुनाव हुँदैछ । गुजरातमा ३ सय ७१ जना चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  २ : ५३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र