सर्वोच्चले रोक्यो कर, अमेरिकी राजदूतसँग स्पष्टिकरण « Khabarhub

सर्वोच्चले रोक्यो कर, अमेरिकी राजदूतसँग स्पष्टिकरण


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल नगर्न अन्तरिम आदेश जारी गरेको छ।

सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको भन्दै सरकारले ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार कर निर्धारण गरेको छ। उक्त कर निर्धारणविरुद्ध सर्वोच्च अदालत पुगेका सुमार्गीसँग एकपक्षीय सुनुवाइ गरी न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले लाभकर असुलीलगायतका कामकारबाही नगर्न अन्तरिम आदेश जारी गरेको कान्तिपुर दैनिकमा खबर छ ।

नेपाल स्याटेलाइट टेलिकमको ७५ प्रतिशत स्वामित्व साइप्रसस्थित एयरबेल सर्भिसेज लिमिटेडसँग छ। उक्त कम्पनीमार्फत टेलिया सोनेरा कम्पनीले ५ अर्ब ७१ करोड रुफैयाँमा एयरबेलसँग सेयर खरिद गरेको थियो। बिक्रीका त्रममा ५ अर्ब ६३ करोड ५० लाख रुपैयाँ पुँजीगत लाभ भएकामा त्यसको २५ प्रतिशतले हुने १ अर्ब ४० करोड ८७ लाख ५० हजार रुपैयाँ दाखिला नभएको आन्तरिक राजस्व कार्यालयको दाबी छ।

अमेरिकी राजदूतसँग स्पष्टीकरण शीर्षकको समाचारमा नेपाली जनतासँग सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरसंवाद गर्ने उद्घोषपछि विवादमा आएका अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई परराष्ट्र मन्त्रालयले बोलाएर जानकारी लिएको छ।

परराष्ट्र सचिव शंकरदास बैरागीले बुधबार दिउँसो मन्त्रालयमा बोलाइएका राजदूत बेरीसँग करिब आधा घण्टा ‘राजदूतसँग गफगाफ’ कार्यक्रमलगायत विषयमा जिज्ञासा राखेका थिए।

सचिव बैरागीले राजदूत बेरीसँग मन्त्रालयमा भेटवार्ता भएको पुष्टि गरे पनि कुराकानीबारे बताउन मानेनन्। कुराकानी नेपाल–अमेरिका द्विदेशीय हितबारे केन्द्रित रहेको प्रतिक्रियामात्र दिए।

राजदूत बेरीको फेसबुक भिडियो सन्देश सार्वजनिक भएलगत्तै सचिव बैरागीले मंगलबार ‘यसरी स्वेच्छाले एउटा कूटनीतिक अधिकारीले संवाद गर्न नमिल्ने’ प्रतिक्रिया दिएका थिए। परराष्ट्र स्रोतका अनुसार बेरीले नेपाल र नेपाली जनतासँग अमेरिकी सरकार जोडिएको ७२ वर्ष भइसकेको भन्दै कूटनीतिको एउटा अंगका रूपमा आपसी संवाद र परामर्श जारी रहेको सचिव बैरागीलाई स्पष्ट पारेका थिए।

त्यस्तै पत्रिकाले विधेयक फिर्ता, आरुबोटे हत्याकाण्डको घटनालगायतलाई पत्रिकाले मुख्य रुपमा छापेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ७ : ३० बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये