गाउँको सानो लगानीबाट ठूलो आम्दानी, कुखुरापालन व्यवसायमा रमाउँदै युवा | Khabarhub Khabarhub

गाउँको सानो लगानीबाट ठूलो आम्दानी, कुखुरापालन व्यवसायमा रमाउँदै युवा


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- वैदेशिक रोजगारीमा ठूलै लगानी गर्न तयार हुने तर गाउँमा व्यवसाय नगर्ने धेरै युवा भेटिन्छन् । अरब र खाडी मुलुकमा दिनहुँ हजारौँ युवाहरु रोजगारीका निम्ति बाहिरिने गर्छन् । गाउँमा सानो लगानीमा व्यवसाय गरियो भने प्रशस्त आम्दानी गर्न सकिने सम्भावनाहरु छन् । यति हुँदाहुँदै पनि युवा जनशक्ति विदेश पलायन हुने क्रम घट्नेभन्दा झन् बढ्ने क्रममा छ ।

पाल्पा रामपुरका तीन युवाहरुले भने एक उदाहरणीय कामको थालनी गरेका छन् । रामपुर नगरपालिका क्षेत्रलाई अण्डामा आत्मनिर्भर बनाउन रामपुर एग्रोफार्म दर्ता गरी समूहमा व्यवसाय चलाउँदैछन् । रामपुर नगरपालिका–८ बस्ने युवा भुवन अर्याल, आशीष अर्याल र गणेश अर्यालले एक वर्षअघि देखि एक करोडभन्दा बढीको लगानीमा कुखुरापालन व्यवसाय शुरु गरेका हुन् ।

यो व्यवसाय रामपुर नगरपालिका क्षेत्रकै ठूलो लगानीमा सञ्चालन भएको नमूना व्यवसाय हो । वार्षिक रु ५० हजार बुझाउने गरी २७ रोपनी जग्गा भाडामा लिएर व्यवसाय चलाएको सञ्चालक भुवन अर्याल बताउँछन् । “गाउँमै बसेर कृषिमा काम गर्ने योजनाका साथ साथीसँग सहकार्य गर्दै व्यवसाय सञ्चालन गरेका छौँ, राम्रै भइरहेको छ” उनले भने । बाहिरबाट उत्पादित अण्डा दिनहुँ रामपुर बजारमा भित्रँदा स्थानीय उत्पादनले बजार पाउन सहज नभएको आशीष अर्याल बताउँछन् । फार्ममा हाल पाँच हजार कुखुरा रहेका छन्, अबको पाँच वर्षभित्र पन्ध्र हजार कुखुरा पुर्‍याउने लक्ष्य रहेको अर्यालले बताए ।

युवाहरुले सरकारले उपलब्ध गराएको सहुलियत ऋण लिएर व्यवसायमा लगानी गरेका हुन् । व्यवसायमा ऋण सहयोग पाएपछि उनीहरुमा उत्साह र हौसला बढेको छ । अहिले दुई हजार कुखुराबाट दैनिक दुई हजार ४०० अण्डा उत्पादन भइरहेको छ । मासिक रु चार लाख ८० हजार बराबरको आम्दानी र एक लाखभन्दा बढी खर्च भइरहेको गणेश अर्यालले बताए ।

पाल्पा जिल्ला अण्डामा आत्मनिर्भर भए पनि उपभोक्ता र व्यापारीले गुणस्तरभन्दा पनि सस्तो वस्तु खरीद गर्ने परपाटीले स्थानीयले उत्पादनले बजार लिन नसकिरहेको अवस्था छ । उत्पादित वस्तुको बजार व्यवस्थापनमा स्थानीय तहले भूमिका खेल्न सक्यो भने कृषकलाई ठूलो राहत मिल्नेछ । स्थानीय तहले व्यवस्थापन गरिदिएको खण्डमा युवाहरुले व्यवसायलाई बढाउँदै जाने बताएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ९ : १८ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम