सदिश प्रधानको टोलीलाई क्विक्स नेपाल बास्केटबल लिगको उपाधि « Khabarhub

सदिश प्रधानको टोलीलाई क्विक्स नेपाल बास्केटबल लिगको उपाधि


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदि प्रधानले नेतृत्व गरेको टोली टाईम्स इन्टरनेसनल क्लब क्विक्स नेपाल बास्केटबल लिगको च्याम्पियन बनेको छ ।

शनिबार भएको फाइनलमा विभागीय नेपाली सेनाको टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै टाईम्स च्याम्पियन बनेको हो ।

उपाधिसंगै टाईम्सले २ लाख रुपैयाँ नगद प्राप्त गरेको छ । उपविजेता आर्मीले १ लाख रुपैयाँमा पुरस्कार पायो ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा शनिबार भएको फाईनलमा टाईम्सले आर्मीलाई ८८–७१ स्कोरले आर्मीलाई पराजित गर्यो ।

टाइम्सले १२–१९ ले पहिलो सेट जित्दा दोस्रो १२–२१ले जित्यो भने तेस्रो सेटमा २६–२७ ले हराउँदा चौथो सेट २१–२१ को स्कोरले जित्यो ।

प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आयोजना गरेको लिगमा ८ टोलीले प्रतिस्पर्धा । होम एण्ड अवे को डबल राउण्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ६ : ४३ बजे

सप्तरीमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक घाइते

सप्तरी – पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोशी ब्यारेज नजिकै मोटरसाइकल अनियन्त्रित

दियालो बङ्गला अवलोकनबाट २४ लाख राजश्व सङ्कलन

चितवन– गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले चितवनस्थित दियालो

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ– उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान