सदिश प्रधानको टोलीलाई क्विक्स नेपाल बास्केटबल लिगको उपाधि | Khabarhub Khabarhub

सदिश प्रधानको टोलीलाई क्विक्स नेपाल बास्केटबल लिगको उपाधि


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदि प्रधानले नेतृत्व गरेको टोली टाईम्स इन्टरनेसनल क्लब क्विक्स नेपाल बास्केटबल लिगको च्याम्पियन बनेको छ ।

शनिबार भएको फाइनलमा विभागीय नेपाली सेनाको टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै टाईम्स च्याम्पियन बनेको हो ।

उपाधिसंगै टाईम्सले २ लाख रुपैयाँ नगद प्राप्त गरेको छ । उपविजेता आर्मीले १ लाख रुपैयाँमा पुरस्कार पायो ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा शनिबार भएको फाईनलमा टाईम्सले आर्मीलाई ८८–७१ स्कोरले आर्मीलाई पराजित गर्यो ।

टाइम्सले १२–१९ ले पहिलो सेट जित्दा दोस्रो १२–२१ले जित्यो भने तेस्रो सेटमा २६–२७ ले हराउँदा चौथो सेट २१–२१ को स्कोरले जित्यो ।

प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आयोजना गरेको लिगमा ८ टोलीले प्रतिस्पर्धा । होम एण्ड अवे को डबल राउण्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ६ : ४३ बजे

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन

कीर्तिपुर क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका

प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन

रोलेक्स घडी देखाउँदै मन्त्री पुनले भनेः धन्न झोलामा राखेर बचिएछ

काठमाडौं – संचारमन्त्री जगदीश खरेलको घडीबारे चर्चा भइरहेकै बेला शिक्षा,