कोपा अमेरिका- पेरुविरुद्ध ब्राजिलको शानदार जित « Khabarhub

कोपा अमेरिका- पेरुविरुद्ध ब्राजिलको शानदार जित


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिका फुटबलमा ब्राजिलले पेरुविरुद्ध शानदार जित हात पारेको छ ।

घरेलु मैदानमा जारी कोपाको समूह ए मा रहेको ब्राजिलले पेरुलाई ५–० गोेल अन्तरले पराजित गरेको छ ।

ब्राजिलले घरेलु मैदानमा पेरुलाई हराउने क्रममा खेलको १२ मिनेटदेखि गोलको वर्षा शुरु गरेको थियो भने अन्तिमसमयसम्म निरन्तर गोल गरिरह्यो ।

ब्राजिललाई पहिलो अग्रता दिलाउन कासिमेरोले १२ औं मिनेटमा गोल गरेका थिए भने १९ औं मिनेटमा रोवर्टो फिर्मिन्होले गोल गर्दै टिमलाई दोहोरो अग्रता दिलाएका थिए ।

त्यस्तै एभर्टोन रोएसेसले ३२ औंमिनेटमा गोल गरेपछि पेरुविरुद्ध ब्राजिलले पहिलो हाफमै फराकिलो अन्तर बनाइसकेको थियो ।

खेलको दोस्रो हाफमा डानी अल्भास र विलिमयमले गोल गर्दै टिमलाई ५–० को जित दिलाए। अल्भासले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए भने विलियमले ९० औं मिनेटमा गोल गरेका थिए ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ६ : ४९ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार