नेपाल प्रहरीमा ३८ सय कर्मचारी माग, ८ पास गरेकाले आवेदन भर्न पाउने « Khabarhub

नेपाल प्रहरीमा ३८ सय कर्मचारी माग, ८ पास गरेकाले आवेदन भर्न पाउने


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रहरीले प्रहरी जवान (जनपद) तथा कार्यालय सहयोगीअन्तर्गत भान्छे, हजाम, कुचिकार र खेलाडी पदका लागि कर्मचारी माग गरेको हो ।

प्रहरी जवानका लागि ३ हजार ५ सय ९६ जनाबाट दरखास्त आह्वान गरिएको छ । यस्तै, कार्यालय सहयोगीअन्तर्गत भान्छेतर्फ १ सय ८०, हजामतर्फ १०, कुचिकारतर्फ २० र खेलाडीतर्फ २५ जना कर्मचारी माग गरिएको छ ।

प्रहरी जवान पदमा दरखास्त दिने व्यक्तिको शैक्षिक योग्यता ८ पास तोकिएको छ । यस्तै, कार्यालय सहयोगीअन्तर्गत जुनसुकै पदमा काम गर्न सामान्य लेखपढ गर्न जान्ने र सम्बन्धित क्षेत्रमा दक्षता भएको हुनुपर्ने छ ।

प्रहरीले कार्यालयसहयोगीअन्तर्गत खेलाडीतर्फको पदमा फुटबल (महिला/पुरुष) भलिबल (महिला/पुरुष), टेबुलटेनिस, कराँते, तेक्वान्दो, जुडो, पुरुष क्रिकेट र भारोत्तलोन बिधातर्फका खेलाडीले मात्रै आवेदन दिनसक्ने जनाइएको छ ।

प्रहरीले आह्वान गरेको दरखास्तमा भदौ ९ गतेदेखि असोज १३ गतेसम्म आवेदन दिन सकिने प्रहरीको भर्ना छनौट महाशाखाले जनाएको छ ।

थप जानकारीका लागि तलको विज्ञापन हेर्नुहोस्;

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ११ : १३ बजे

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने