गलत खोपका कारण ज्यान गुमाएका डोटीका ४ परिवारलाई ४० लाख « Khabarhub

गलत खोपका कारण ज्यान गुमाएका डोटीका ४ परिवारलाई ४० लाख


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले साउन महिनामा मात्रै आर्थिक सहायताका नाममा एक करोडभन्दा बढी रकम वितरण गरेको छ ।

गत साउन ६ र १६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार भन्दै गृहमन्त्रालयले आर्थिक सहायताका नाममा सो रकम बराबरको आर्थिक सहायता वितरण गरेको हो ।

जस अन्तर्गत मानवअधिकारवादी नेता टेकनाथ रिजाल सहितका १२ जनालाई ५९ लाख रुपैयाँ प्रदान गरेको छ भने गलत खोपका कारण ज्यान गुमाएका डोटी पूर्वी चौकी–५ का ४ जना बालबालिकाको अभिभावकलाई प्रतिपरिवार १० लाखका दरले ४० लाख रुपैयाँ सहायता वितरण गरेको हो ।

दादुराको खोपका कारण  २०६८ सालमा डोटीमा ४ जना बालबालिकाको मृत्यु भएको थियो । बालबालिकाको गलत खोपका कारण ज्यान गएपछि सर्वोच्च अदालतले क्षतिपुर्तिवापत् रकम दिन सरकारका नाममा आदेश जारी गरेको थियो ।

त्यसैगरी, सरकारले वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवको नेतृत्वमा रसिया भ्रमणका लागि ३ लाख १३ हजार ४ सय २५ रुपैयाँ खर्च गरेको छ । मन्त्री यादव भने अस्वस्थ भएका कारण रसिया भ्रमणमा जान सकेका थिएनन् ।

सरकारले साउन महिनामा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरणका लागि १० लाख र सरकारी, गुठी र सार्वजनिक जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका लागि ४७ लाख ६५ हजार १ सय ८७ रुपैयाँ रकमान्तर गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ७ : ०४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर