रवि लामिछानेको समर्थनमा नायिका निताले भनिन्, ‘चितवन गएरै आन्दोलन गर्छु’ « Khabarhub

रवि लामिछानेको समर्थनमा नायिका निताले भनिन्, ‘चितवन गएरै आन्दोलन गर्छु’


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेको समर्थनमा नायिका निता ढुंगानाले चितवनमा आन्दोलन चर्काउन जाने बताएकी छिन् ।

उनले रविको समर्थमा उित्रएको भीडलाई लिएर रविको समर्थनलाई नभएर रविको कामलाई समर्थन गरेको जनाएकी छिन् ।  उनले जालझेलमा निर्दोष व्यक्तिलाई फसाइयो भन्ने ‘प्रुफ’ वा केही संकेत मात्र मिल्यो भने भोलि म चितवन नै गएर जुलुस उठाउँछु ।

हिरासतमा रहेका रवीको अविलम्ब रिहाईको माग राख्दै उनले प्रहरीविरुद्ध आक्रोश पोखेकी छिन् । रविका विषमा कलाकारहरु पनि दुई कित्तामा बाडिएका छन् ।

कसैले रवीको समर्थन गरेका छन् भने कसैले रविको विरोध नगरी शालिकरामले न्याय पाउनुपर्ने माग राखेका छन् । शुक्रबार नै नायक पुष्पल खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रवि लामिछानेलाई भेट्न चितवन पुगेका थिए ।

उनीहरुले सत्यको सधैँ जित हुने भन्दै रविले न्याय पाउने विश्वास व्यक्त गरे । त्यस्तै नायक पुष्पल खड्काले रवि लामिछाने, धुर्मुस सन्तली जनताको राजा भएको बताएका थिए।

‘रवि लामिछाने, धुर्मुस सन्तली जनताको राजा हुन्’ खड्काले भने, ‘उहाँहरुले सरकार र राजनीतिज्ञले गर्न नसकेको धेरै काम गर्नुभएको छ ।’

घटनालाई लिएर एकथरीले रविलाई व्यक्तिगत रिसिईबी साँध्नको लागि फसाउने प्रपञ्च रचिएको र सोहीअनुसार षड्यन्त्र गरिएको भन्दै चर्को नारावाजी गरिरहेका छन् भने अर्कोथरिले रवि समर्थक भीडतन्त्रले छानबिन र घटनाको अनुसन्धानमा बाधा पुगेको भन्दै गम्भिर ध्यानाकार्षण गराएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ८ : ०७ बजे

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र