कुमार पौडेल हत्याको पूर्ण प्रतिवेदन १५ दिनभित्रः मानव अधिकार आयोग « Khabarhub

कुमार पौडेल हत्याको पूर्ण प्रतिवेदन १५ दिनभित्रः मानव अधिकार आयोग


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला ईन्चार्ज कुमार पा‌ैडेलकलो हत्यासम्बन्धि प्रतिवेदन १५ दिनभित्र सार्वजनिक गर्ने बताएको छ ।

जनअधिकार अभियान नेपालले मोरङको विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोगका सदस्य गोविन्द शर्माले बढीमा १५ दिनमा पूर्ण रिपोर्ट सार्वजनिक गर्ने बताए ।

उनले भने,‘सर्लाहीमा भएको घटनाको हामी बढीमा १५ दिनभित्र प्रतिवेदन सार्वजनिक गर्छौ ।’

यसअघि प्रारम्भिक रिपोर्ट सार्वजनिक गर्दै कुमार पौडेलको गैरन्यायिक हत्या भएको बताएको थियो। सदस्य शर्माले संसदले कुमार हत्याकाण्डको छानविनमा हस्तक्षेप गर्न खोजेको भन्दै असन्तुष्टि जनाए ।

उनले भने, ‘हामीले छानविन गरिरहेकाबेला संसदीय समितिको कुरो आयो यो त भएन, यो निष्पक्ष छानविनमाथि हस्तक्षेप हो, संसदले न हामीलाई निर्देशन दिन मिल्छ न त अरू किन चाहीयो छानविन समिति ? यो गलत छ ।’

उनले राजनीतिक दलहरूले आफूलाई चाहिंदा मात्रै मानवअधिकारको कुरा गर्ने गरेको आरोप लगाए । अहिले सरकारले मानवअधिकार आयोगका सुझाव १२ प्रतिशत मात्रै कार्यान्वयन भएको भन्दै आश्चर्य व्यक्त गरे ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ८ : ५८ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी