इन्डोनेसियामा डुंगा दुर्घटना, ४ जनाको मृत्यु ३३ बढी बेपत्ता « Khabarhub

इन्डोनेसियामा डुंगा दुर्घटना, ४ जनाको मृत्यु ३३ बढी बेपत्ता


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इन्डोनेसिया– इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री लिएर गइरहेको एक डुङ्गामा आगलागी हुँदा ४ जनाको ज्यान गएको छ । डुंगामा आगलागी भएपछि समुद्रमा हामफाल्दा ३३ जना भन्दा बढी बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।

शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै इन्डोनेसियाको बन्दरगाह सुरक्षार्थ खटिएका अधिकारीले डुङ्गामा यात्रारत अन्यको सकुशल उद्धार गरिएको र सम्पर्कमा आउन नसकेका कम्तीमा ३३ जनाको खोजी जारी रहेको जनाइएको छ ।

इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायाबाट बोर्नेओको बालिकपापनतर्फ गइरहेको डुङ्गामा एक्कासी आगलागी भएजस्तो कालो मुस्लो देखिएपछि यात्रीहरू आत्तिएर पानीमा हामफालेका थिए । सुराबायाको तान्जुसङ पेराक बन्दरगाहका प्रवक्ता स्याच्रुल नुग्रोहाले एएफपीलाई बताए । डुङ्गामा के कारण आगलागी हुनपुगेको थियो भन्ने बिषयमा अनुसन्धान जारी रहेको जनाइरहेको छ ।

करिब एक हजार ७०० टापूहरू भएको इन्डोनेससियामा यातायातका लागि डुङ्गाको प्रयोग सामान्य मानिन्छ । तर डुङ्गा सञ्चालकले आवश्यक सुरक्षा उपायको विकल्पलाई संवेदनशीलरूपमा नलिँदा बर्षेनी सयौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ९ : २१ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा