डीपीएलको उपाधि चुम्यो सिवाइसी अत्तरियाले « Khabarhub

डीपीएलको उपाधि चुम्यो सिवाइसी अत्तरियाले


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढीमा सम्पन्न तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको उपाधि सिवाइसी अत्तरियाले जितेको छ । पहिलो पटक फाइनलमा पुगेको अत्तरीयाले महेन्द्रनगरलाई तीन विकेटले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा एक सय २३ रन बनाउँदै अलआउट भयो । उसले सुरुवात भने राम्रो हुन सकेन ।

जवाफमा अत्तरियाले १९ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । अत्तरीयाको जितमा विदेशी खेलाडी सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरे । भारतीय खेलाडी सन्नी पटेलले सानदार ब्याटिङ गरे  ।

१ सय २४ रनको लक्ष्य पछ्याएको अत्तरियाले १९.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय २७ रन बनायो । यो जितसँगै अत्तरियाले ३० लाख प्राप्त गर्दा उप विजेता टोली महेन्द्रनगरले १२ लाखमा चित्त बुझाएको छ ।

अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा अभिनास बोहोरालाई पाँचौ बलमा सन्नी पटेलले छक्का हान्दै उपाधि जिताए । अत्तरियालाई उपाधि दिलाउन सन्नीले २६ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ४७ रनमा अविजित रहे ।

अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरीले ३५ बलमा १ चौका सहित मात्र १७ रन बनाउन सके । १७ ओभरको चौथो बलमा ऐरीलाई मोहम्मद नाविदले बोल्ड आउट गरे । ओपनर ज्ञानेन्द्र कुवँर जय किशन कोल्सावालाले ५ ओभरमा ३१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

 

 

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ४ : ३८ बजे

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन