के हो मणिबन्ध रेखा ? यस्तो रेखा हुँदा प्रधानमन्त्री तथा मन्त्री बन्ने योग हुन्छ! « Khabarhub

के हो मणिबन्ध रेखा ? यस्तो रेखा हुँदा प्रधानमन्त्री तथा मन्त्री बन्ने योग हुन्छ!


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हस्त रेखा विज्ञानका अनुसार मानिसको हातको रेखाले उसको भविष्यवाणि गरिन्छ । हस्त रेखालाई सबैभन्दा प्राचिन विज्ञान समेत मानिएको छ ।

हातको मणिबन्ध रेखा हेरेर ब्यक्तिको गोप्य जानकारी समेत लिन सकिने हस्तरेखा विज्ञहरुको बताउँछन् ।

के हो त मणिबन्ध रेखा ?

हाम्रो हातमा जहाँबाट हत्केलो प्रारम्भ हुन्छ त्यहाँ हुने केही रेखालाई मणिबन्ध भनिन्छ । हत्केलोको यो भागमा हुने रेखा ब्यक्तिको उमेर र भाग्यसँग सम्बन्धित हुन्छन् ।

कुन मणिबन्द रेखाको अर्थ के ?

यदि कुनै ब्यक्तिको मणिबन्ध रेखा हुने भाग भरिएको छ र यसमा हाडको उठेको भाग देखिँदैन भने यो शुभ लक्षण मानिन्छ । यसले मानिसलाई भाग्यशाली बनाउँछ ।

१ मणिबन्ध रेखाः

यदि कुनै ब्यक्तिको मणिबन्धमा एक मात्र रेखा छ भने त्यस्तो ब्यक्ति श्रेष्ठ गुण भएको हुने मानिन्छ । मणिबन्धको रेखा खण्डित भएको छैन र सिधा छ भने यसले जीवनमा प्रगति गर्ने बुझाउँछ । यस्ता ब्यक्ति धनी पनि हुन्छन् ।

मणिबन्ध रेखामा १ मात्र रेखा भएमा त्यस्तो ब्यक्तिको उमेर केवल ३० वर्ष सम्म मात्र हुन्छ अझ त्यसमा अशुभ रेखा समेत भएमा उमेर कम समेत हुन सक्ने हस्त रेखा विज्ञहरु बताउँछन् । मणिबन्धको एक मात्र रेखा अल्पायुको संकेत हो ।

यदि कुनै ब्यक्तिको हात्केलामा मणिबन्ध रेखा झरेको र खुल्ला जस्तो देखियो भने यो अशुभ मानिन्छ । मणिबन्ध सुन्दर नहुनेहरुको हत्केलो हल्लाउँदा आवाज समेत आउँछ । यो दुर्भाग्यको संकेत हो ।

गरुड पुराणका अनुसार यदि मणिबन्धमा हाड दखिँदैन भने नारी र हत्केलो बलियो मात्र हुँदैन यो शौभाग्यको प्रतिक हो । मणिवन्ध रेखाहरु विपरित भएमा मानिसलाई जीवनमा दुःख हुने र दुर्घटना समेत सामना गर्नु पर्न सक्ने हुन्छ ।

हरेक मानिसको हातमा मणिबन्ध रेखा हुन्छन् । कसैको एक हुन्छ भने कसैको तीन सम्म पनि हुन्छन् ।

मणिबन्धमा २ रेखाः

मणिबन्धमा २ रेखा सग्ला भएमा यो शुभ मानिन्छ । यस्ता ब्यक्ति मन्त्री र प्रधानमन्त्री पनि बन्न सक्छन् । यिनीहरुलाई सँधै सुविधा प्राप्त हुन्छ ।

तर यस्ता रेखा २ भएपनि विचमा टुटेको भए भने यो अशुभ हो यस्तो हुने ब्यक्तिले जीवनमा कठिन परिश्रम गर्नुपर्छ । यस्ता रेखा हुने ब्यक्तिको उमेर ४५ देखि ५५ वर्ष सम्म हुन्छ तर अशुभ भएमा कम पनि हुन सक्छ ।

मणिबन्धमा ३ रेखाः

यदि मणिबन्धमा ३ रेखा छन् भने र रेखा टुटेको छैन भने यो असाध्यै भाग्यशाली संकेत हो । यस्तो मणिबन्ध हुने ब्यक्तिले राजसी सुख प्राप्त गर्छन् ।

यद्यपी मणिबन्धमा ३ रेखा हुनु मात्र शुभ संकेत भने होइन रेखाबीचमा टुटेको छ भने यो अशुभ हो । यस्ता रेखा हुने ब्यक्तिले जीवनभर संघर्ष गर्नु पर्ने हुन्छ ।

मणिबन्धमा ३ रेखा छन् र सग्ला छ भने त्यस्ता ब्यक्तिको उमेर ७० देखि ८५ वर्ष सम्म हुन्छ । तर अशूभ लक्षणले भने उमेर कम पनि पार्न सक्छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १० : १७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु