९.९ मेगावाटको इवाखोला जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा | Khabarhub Khabarhub

९.९ मेगावाटको इवाखोला जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– पाँचथरमा निर्माण भएको इवाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

अधिकतम ९.९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको यो आयोजना यसै साताबाट काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको प्रवर्द्धक  कम्पनी रैराङ हाइड्रोपावर लिमिटेडका प्रबन्धक कुवेरमणि नेपालले झण्डै एक महिना लामो परीक्षण उत्पादन पछि आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको जानकारी दिए ।

१ मेगावाटबाट शुरु गरी प्राविधिक क्षमताअनुसार क्रमशः विद्युत् उत्पादन वृद्धि गर्दै लगिने प्रबन्धक नेपालले जानकारी दिए । पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीमा निर्माण गरिएको यस आयोजनाबाट वर्षायामको समयमा ९.९ मेगावाट विद्युत् उत्पादन हुनेछ । हिउँदको समयमा भने तीन मेगावाट मात्रै उत्पादन हुने प्रवर्द्धक कम्पनीले जनाएको छ ।

यस आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्न ८.५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको छ । यस आयोजनाको विद्युतलाई ३.५ किलोमिटर ३३ केभीए प्रसारण लाइनमार्फत काबेली वी वान आयोजना स्थलसम्म पुर्‍याइएको छ । त्यहाँबाट ५ किलोमिटरको संयुक्त प्रसारण लाइनबाट हिलिहाङ गाउँपालिका वडा नं १ दुवीचौरमा रहेको काबेली कोरिडोरको सबस्टेशनमार्फत विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुनेछ ।

आयोजनाले विसं २०७० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद बिक्री सम्झौता गरी आयोजना निर्माणको कार्य अघि बढाएको थियो । तर निर्धारित मितिमा काबेली कोरिडोरको निर्माण सम्पन्न नहुँदा प्रवर्द्धकले ढिलो गरी आयोजना सम्पन्न गरेका हुन् । आयोजना कूल रु एक अर्ब ६० करोड लागतमा निर्माण सम्पन्न भएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १२ : २० बजे

सभामुखले प्रधानमन्त्री प्रचण्ड र ओलीसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन