१ सय ७८ वर्ष पुरानो बेलायती टूर कम्पनी थोमक कूक टाट पल्टिएको घोषणा « Khabarhub

१ सय ७८ वर्ष पुरानो बेलायती टूर कम्पनी थोमक कूक टाट पल्टिएको घोषणा


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतको निकै पुरानो टूर कम्पनी थोमस कूकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरेको छ । कम्पनीले विश्वभर गरेका ६ लाख यात्रा बुकिङ पनि रद्द गरेको जनाएको छ ।

बेलायत सरकारले हाल विदेशमा यात्रारत १ लाख ५० हजार बेलायती नागरिकलाई कम्पनीको निर्णयले असर पर्ने बताएको छ ।

बेलायती नागरिक उड्डयन प्राधिकरणले थोमस कूकले आफ्नो व्यवसाय रोकेको जनाएको छ । यस कम्पनीका ४ वटा विमान ग्राउन्डेड गरिएका छन् । विश्वका १६ वटा मुलुकमा रहेका २१ हजार कर्मचारीको जागिर पनि समाप्त भएको छ, जसमा ९ हजार बेलायती नागरिक छन् ।

ब्रेक्जिटको अन्यौलतासँगै कम्पनीले केही महिना अघि नै बुकिङमा कमी आएको बताउँदै आएको थियो । कम्पनीमाथि ऋणको बोझ निरन्तर थपिँदै गएपछि कम्पनी नै धरासायी भएको हो ।

बेलायतको १ सय ७८ वर्ष पुरानो कम्पनीले आफ्नो साख जोगाउन २५ करोड अमेरिकी डलर ऋण खोजिरहेको थियो । कम्पनीले आफ्ना शेयरहोल्डर र लगानीकर्तासँग पनि यसबारेमा परामर्श गरेको थियो । थोमस कूकका विश्वभर ६०० को हाराहारीमा ट्राभल स्टोरहरु रहेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी पिटर फ्यान्काउजरले कम्पनीको इतिहासमा यो निकै उदास र दुःखद क्षण रहेको बताउँदै यस कम्पनीले बेलायती समेतका लाखौं व्यक्तिको यात्रालाई सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

फ्यान्काउजरले विज्ञप्ति जारी गर्दै कम्पनीलाई विश्वास गर्ने लाखौं उपभोक्ता र हजारौं कर्मचारीसँग आफूले व्यक्तिगत रुपमा क्षमा माग्न चाहेको उल्लेख गरेका छन् ।

कम्पनीको सेवा लिएका, तर विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि बेलायती नागरिक उड्डयन प्राधिकरणले विशेष व्यवस्था गर्न लागेको जनाएको छ ।

बेलायती यातायात मन्त्री ग्रान्ट श्याम्प्सले आफ्ना नागरिकको सहज उद्धारका लागि दर्जनौं चार्टर विमानको व्यवस्था गरिएको जानकारी दिए । यी चार्टर विमानले मलेसियासम्म पुगेर अलपत्र बेलायतीलाई निःशुल्क बेलायत ल्याउने उनले बताए ।

थोमस कूकका कर्मचारीसँग सम्बन्धित युनियनले बेलायत सरकार समक्ष थोमस कूकका कारण बेरोजगार भएका व्यक्तिका बारेमा सोच्न र उपयुक्त निकास निकाल्न अनुरोध गरेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कम्पनी जोगाउने नाममा सरकारले लगानी गर्न नसक्ने बताउँदै यस प्रवृत्तिले टाट पल्टिन लागेका कम्पनीहरु सरकारमाथि बढी आश्रित हुने खतरा हुने बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १ : २१ बजे

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त

आज ओपीडी सेवा बन्द नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन 

काठमाडौं– लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण स्वास्थ्य सेवा

सुकुम्वासी बस्तीमा फेरि डोजर (तस्बिरहरू)

काठमाडौं– सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका टेकु, बंशीघाटस्थित बागमती करिडोरका सुकुम्वासी

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण

काठमाडौं– आजबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा

ठगीको अभियोगमा सात जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु