समृद्धि र प्रगतिको पथमा नेपाल अगाडि बढिरहेको छ– मन्त्री बाँस्कोटा « Khabarhub

समृद्धि र प्रगतिको पथमा नेपाल अगाडि बढिरहेको छ– मन्त्री बाँस्कोटा


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चरिकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल समृद्धि र प्रगतिको पथमा अघि बढिरहेको बताएका छन् ।

रेडियो शैलुङको १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले सरकार प्रतिबद्ध भएर समुन्नत राष्ट्र निर्माण गर्नका लागि प्रगतिको पथमा अगाडि बढिरहेको बताए ।

हरेक बस्तीमा एक वर्षभित्र सञ्चार सेवा पुर्‍याउने सरकारको उद्देश्य रहेको बताउनुहुँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले लामो समयदेखि रोकिएको फोर जी सेवा विस्तारको काम सात महीनामा नै सम्पन्न गरी ५९ ठाउँमा विस्तार भइसकेको र छिटै ५०० ठाउँमा विस्तार गरिने बताए ।

नेकपाले निर्वाचन घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धताअनुसार सरकार अघि बढिरहेको उल्लेख गर्दै उनले नेपालमा रेल सञ्चालन हुने कुरा अब असम्भव नभएको बताए ।

मन्त्री बाँस्कोटाले अपराधिक गतिविधिमा संलग्नलाई कारवाही शुरु भएकाले राजनीतिमा अपराधीलाई कुनै स्थान नभएको बताए । उनले भने, ‘‘सरकारले राजनीतिका नाममा हुने अपराधीकरणलाई रोक्नेछ ।’’

व्यावसायिकताको बहस गर्नुपर्ने समयमा कतिपय सञ्चारमाध्यम हेडलाइनकारितातिर लागेको उल्लेख गर्नुहुँदै उनले भ्रमको खेती नगर्न सञ्चारमाध्यमलाई आग्रह गरे । मन्त्री बाँस्कोटाले पर्यटन र ऊर्जा दोलखाको सम्पत्ति भएको र यसबाट जिल्लाको विकास गर्न सकिने बताए ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले पार्टी एकताको भावनालाई विभाजित गर्न र आफ्नो राजनीति सिध्याउने उद्देश्यले पुरानो राजनीतिक मुद्दा ब्युँताउन खोजिएको बताए । कार्यक्रममा पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल, पूर्वराज्यमन्त्री देवी खड्का, प्रदेशसभा सदस्य पशुपति चौलागार्इं, रचना खड्कालगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ७ : १५ बजे

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा