कुर्द फौजलाई टर्की-सिरिया सीमाबाट परै राख्ने टर्की र रुसबीच सहमति « Khabarhub

कुर्द फौजलाई टर्की-सिरिया सीमाबाट परै राख्ने टर्की र रुसबीच सहमति


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–कुर्द फौजलाई टर्कीसँग जोडिएको सिरियाको सीमावर्ती क्षेत्रबाट परै राख्ने उद्देश्यसहित टर्की र रुसले सहमति गरेका छन् ।

टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच छलफल भएपछि उक्त सहमति भएको हो । दुवै देशले त्यसलाई “ऐतिहासिक” भनेका छन् ।

टर्कीले कुर्द लडाकुहरूलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा आक्रमण गरेको थियो।

रुस सिरियाका राष्ट्रपति बशर अल-असदको साझेदार हो। उसले सिरियामा भएको विदेशी हस्तक्षेपप्रति चासो प्रकट गरेको थियो ।

अब टर्की र रुसले सीमामा संयुक्त गस्ती गर्नेछन् ।

झन्डै दुई हप्ताअघि अमेरिकाले आकस्मिक र अनपेक्षित निर्णय गर्दै आफ्नो सेना उत्तरी सिरियाबाट फिर्ता गरेपछि उत्पन्न परिस्थितिमा टर्की र रुसबीच यो सहमति भएको बीबीसीले जनाएको छ ।

विश्लेषकहरूले यसबाट उक्त क्षेत्रमा टर्की र रुसको प्रभावलाई बलियो बनाउने आकलन गरेका छन् ।

उक्त सहमति भएको घोषणा भएको केही समयपछि टर्कीले सिरियामा पुन: कारबाही गर्नु नपर्ने बताएको छ । यसअघि टर्कीले कुर्द फौजलाई बाहिर जान दिन भन्दै केही दिनका लागि युद्धविराम गरेको थियो ।

टर्कीले सिरियाका दुई सहरबीच १२० किलोमिटर लामो भाग आफ्नो नियन्त्रणमा लिएको छ। त्यसलाई “सुरक्षित क्षेत्र” बनाएर हाल टर्कीमा रहेका झन्डै २० लाख शरणार्थीलाई बसाउने उसको योजना छ ।

रुसले दुई पक्षबीच द्वन्द्व हटाएर टर्कीको उक्त योजना कार्यान्वयन हुन दिन सहमति व्यक्त गरेको छ ।

दुई देशले जारी गरेको विज्ञप्तिमा मन्बिज र ताल रिफात नगरबाट कुर्द फौज हटाइने उल्लेख छ।

तर कुर्द पक्षले यस विषयमा टिप्पणी गर्न बाँकी नै छ ।

कुर्द फौज टर्की-सिरिया सीमानजिकै नआएको आश्वस्त पार्न योजनानुरूप रुसले टर्कीसँगै उत्तरी सिरियाका केही भागमा बुधवारदेखि संयुक्त गस्ती गर्नेछ ।

कुर्द फौज उपस्थित नभएको क्षेत्रमा पनि संयुक्त गस्ती हुनेछ ।

टर्कीका राष्ट्रपति एर्दोआन र रुसका राष्ट्रपति पुटिनले यस विषयमा छलफल गरेका थिए। त्यसपछि सहमति भएको घोषणा भयो ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ९ : ३८ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी