डब्लुसीएल टी–२० क्रिकेटको ट्रफी चन्द्रागिरी पुर्‍याइयो « Khabarhub

डब्लुसीएल टी–२० क्रिकेटको ट्रफी चन्द्रागिरी पुर्‍याइयो


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो पटक आयोजना भएको वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी चन्द्रागिरी परिक्रमा गराइएको छ ।

फाइनल पुगेका टोलीका कप्तानसहित ट्रफीलाई बुधबार चन्द्रागिरी परिक्रमा गराइएको हो । प्रतियोगिताको फाइनल खेल भोलि हुँदैछ । फाइनलमा काठमाडौं क्विन्स र चितवन राइनोज भिड्ने छन् । दुबै टोलीको लक्ष्या उपाधि चुम्ने रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले ७ लाख पाउनेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ प्लेयर अफ दि म्याचले १ सय २५ सीसीको टीयीएसको स्कुटरसहित ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट बलिङ र ब्याटिङ गर्नेलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।

प्रतियोगितामा देशभरका ५ शहरका ५ टिम सहभागीता जनाएका थिए । प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गरेका थिए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको इलिमिनेटर खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो । चितवन लिगको शीर्ष स्थानमा रहँदै यसअघि फाइनल पुगिसकेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १० : १७ बजे

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध