पीपीएल क्रिकेटः प्ले अफ पुग्न चितवनलाई हराउँनै पर्ने दबाबमा काठमाडौं « Khabarhub

पीपीएल क्रिकेटः प्ले अफ पुग्न चितवनलाई हराउँनै पर्ने दबाबमा काठमाडौं


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज चितवन राइनोज र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा चितवन र काठमाडौंबीचको खेल बिहान ११:३० मा शुरु हुनेछ ।

प्ले अफमा स्थान बनाउन ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले पारस खड्काको नेतृत्वमा रहेको चितवनलाई हराउँनैपर्ने दबाब छ ।

चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा रहेको छ । जितले काठमाडौं प्ले अफमा पुग्नेछ । पराजित भए अन्य खेलको नतिजा कुर्नु पर्नेछ । चितवन भने यसअघि नै प्ले अफ पुगिसकेको छ ।
चितवन काठमाडौंलाई हराउँदै अपराजित रहेर फाइनल पुग्न चाहन्छ । चितवन चार खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

शीर्ष टोलीले सिधै फाइनल खेल्नेछ । दोस्रो र तेस्रो टिमले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नेछ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ७ : २१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर