हेलो सरकारमा आउने गुनासा प्रहरी र स्थानीय तहका धेरै « Khabarhub

हेलो सरकारमा आउने गुनासा प्रहरी र स्थानीय तहका धेरै


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’मा प्रहरी र स्थानीय तहसँग सम्बन्धित गुनासा बढी आउने गरेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको ‘हेलो सरकार’ शाखाका अनुसार चालू आर्थिक वर्ष सुरुवातदेखि सोमबारसम्म १ हजार ४ सय ४२ संख्यामा गुनासा दर्ता भएका छन् । यीमध्ये नेपाल प्रहरी र स्थानीय तहले सम्बोधन गर्नुपर्ने प्रकृतिका उजुरी बढी छन् ।

शाखा प्रमुख उपसचिव शेखर पौडेलका अनुसार घुस लेनदेन, प्रहरीले उजुरी लिन नमानेको, कारबाही नगरेको र प्रहरीका व्यक्तिगत आचरणसम्बन्धी र विभिन्न घटनालगायतका गुनासा आउने गरेका छन् ।

चालू आर्थिक वर्ष सुरुदेखि सोमबारसम्म प्रहरीसँग सम्बन्धित १ सय ७६ गुनासा दर्ता भएको भएको छ । यो संख्या उजुरी परेका कार्यालयमध्ये सबैभन्दा बढी हो ।

त्यस्तै, उजुरी व्यवस्थापनतर्फ समेत नेपाल प्रहरीको कार्यसम्पादन उत्कृष्ट रहेको ‘हेलो सरकार’को भनाइ छ । प्रहरीसँग सम्बन्धित गुनासा ‘प्रहरीको चेन अफ कमान्ड’का कारण प्रधान कार्यालयमा पठाइने र प्रधान कार्यालयमार्फत सम्बन्धित कार्यालयमा गुनासो व्यवस्थापन भएको छ ।

‘प्रहरीसँग सम्बन्धित गुनासा छिटोछरितो रूपमा व्यवस्थापन हुने गरेको छ,’ शाखा प्रमुख पौडेलले भने, ‘देशभर ठूलो कार्यक्षेत्रका कारण बढी प्रहरीसँग सम्बन्धित उजुरी परेको छ ।’

यसैगरी, स्थानीय तहसम्बन्धित गुनासासमेत उच्च रहेको छ । कर्मचारी अभाव, विकास निर्माणमा अनियमितता र भ्रष्टाचार, जनप्रतिनिधि र कर्मचारीको सेवासुविधा र सवारीसाधन मोह, कागजपत्र नबनाइदिएको, सेवा प्रवाहमा सुस्ततालगायतका गुनासा आउने गरेका छन् ।

स्थानीय तहसँग सम्बन्धित सबैभन्दा बढी गुनासा काठमाडौं महानगरपालिकाको छ । ‘हेलो सरकार’ले बढी उजुरी आउने कार्यालयको दोस्रो नम्बरमा महानगर परेको छ । त्यहाँ सोमबारसम्ममा ८२ उजुरी दर्ता भएका छन् । महानगरसँग सडकको अवस्था, सेवाप्रवाह तथा होडिङ बोर्डलगाायतका विषयमा उजुरी पर्ने गरेका छन् ।

त्यस्तै, उजुरी बढी दर्ता हुने अन्य कार्यालयमा त्रिभुवन विश्वविद्यालय, सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमलगायत छन् । तर, उजुरी सम्बोधनमा भने सुस्तता देखिएको छ । सोमबारसम्म परेका उजुरीमध्ये ३ सय ७६ गुनासा फछ््र्योट र १ सय ६४ मात्र गुनासा सम्बोधन भएका छन् । बाँकी सम्बोधन प्रक्रियामा रहेको छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ८ : ०१ बजे

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा

बालकल्याण माविमा हुवावे स्मार्ट कक्षा हस्तान्तरण, डिजिटल शिक्षामा नयाँ पहल

लमजुङ- लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको

रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सागर ढकालले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा अत्यधिक

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण