हेलो सरकारमा आउने गुनासा प्रहरी र स्थानीय तहका धेरै « Khabarhub

हेलो सरकारमा आउने गुनासा प्रहरी र स्थानीय तहका धेरै


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’मा प्रहरी र स्थानीय तहसँग सम्बन्धित गुनासा बढी आउने गरेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको ‘हेलो सरकार’ शाखाका अनुसार चालू आर्थिक वर्ष सुरुवातदेखि सोमबारसम्म १ हजार ४ सय ४२ संख्यामा गुनासा दर्ता भएका छन् । यीमध्ये नेपाल प्रहरी र स्थानीय तहले सम्बोधन गर्नुपर्ने प्रकृतिका उजुरी बढी छन् ।

शाखा प्रमुख उपसचिव शेखर पौडेलका अनुसार घुस लेनदेन, प्रहरीले उजुरी लिन नमानेको, कारबाही नगरेको र प्रहरीका व्यक्तिगत आचरणसम्बन्धी र विभिन्न घटनालगायतका गुनासा आउने गरेका छन् ।

चालू आर्थिक वर्ष सुरुदेखि सोमबारसम्म प्रहरीसँग सम्बन्धित १ सय ७६ गुनासा दर्ता भएको भएको छ । यो संख्या उजुरी परेका कार्यालयमध्ये सबैभन्दा बढी हो ।

त्यस्तै, उजुरी व्यवस्थापनतर्फ समेत नेपाल प्रहरीको कार्यसम्पादन उत्कृष्ट रहेको ‘हेलो सरकार’को भनाइ छ । प्रहरीसँग सम्बन्धित गुनासा ‘प्रहरीको चेन अफ कमान्ड’का कारण प्रधान कार्यालयमा पठाइने र प्रधान कार्यालयमार्फत सम्बन्धित कार्यालयमा गुनासो व्यवस्थापन भएको छ ।

‘प्रहरीसँग सम्बन्धित गुनासा छिटोछरितो रूपमा व्यवस्थापन हुने गरेको छ,’ शाखा प्रमुख पौडेलले भने, ‘देशभर ठूलो कार्यक्षेत्रका कारण बढी प्रहरीसँग सम्बन्धित उजुरी परेको छ ।’

यसैगरी, स्थानीय तहसम्बन्धित गुनासासमेत उच्च रहेको छ । कर्मचारी अभाव, विकास निर्माणमा अनियमितता र भ्रष्टाचार, जनप्रतिनिधि र कर्मचारीको सेवासुविधा र सवारीसाधन मोह, कागजपत्र नबनाइदिएको, सेवा प्रवाहमा सुस्ततालगायतका गुनासा आउने गरेका छन् ।

स्थानीय तहसँग सम्बन्धित सबैभन्दा बढी गुनासा काठमाडौं महानगरपालिकाको छ । ‘हेलो सरकार’ले बढी उजुरी आउने कार्यालयको दोस्रो नम्बरमा महानगर परेको छ । त्यहाँ सोमबारसम्ममा ८२ उजुरी दर्ता भएका छन् । महानगरसँग सडकको अवस्था, सेवाप्रवाह तथा होडिङ बोर्डलगाायतका विषयमा उजुरी पर्ने गरेका छन् ।

त्यस्तै, उजुरी बढी दर्ता हुने अन्य कार्यालयमा त्रिभुवन विश्वविद्यालय, सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमलगायत छन् । तर, उजुरी सम्बोधनमा भने सुस्तता देखिएको छ । सोमबारसम्म परेका उजुरीमध्ये ३ सय ७६ गुनासा फछ््र्योट र १ सय ६४ मात्र गुनासा सम्बोधन भएका छन् । बाँकी सम्बोधन प्रक्रियामा रहेको छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ८ : ०१ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा