कमेडी नाच्ने दयाहाङ राई ! « Khabarhub

कमेडी नाच्ने दयाहाङ राई !


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दयाहाङ राईले अभिनय त गज्जबको गर्छन् तर उनी नाच्न भनेपछि असहज मान्छन् । फिल्मको गीतमा दयाहाङलाई नचाउन कोरियोग्राफरलाई गाह्रो पर्छ ।

दयाहाङले पनि आफूलाई नाच्न नआउने स्वीकार्दै आइरहेका छन् । अभिनयका कारण चर्चामा आउने दयाहाङलाई पछिल्लो समय भने उस्तै अभिनय गरेको आरोप लाग्ने गरेको छ ।

उनलाई मिडियाले पनि यति आरोप लगाउन थाल्यो कि, दयाहाङ केही समय मिडियामा नै आउन चाहेनन् ।

असोजमा प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ३’ बाट चर्चामा आएका दयाहाङ केही समयअघि प्रदर्शनमा आएको ‘माछा माछा’ मा सानो भूमिकामा देखिएका थिए ।

दयाहाङलाई दर्शकले फिल्म ‘सेन्टीभाइरस’ मा देख्न पाउनेछन् । सेन्टीभाइरसमा दयाहाङको शीर्ष भूमिका रहने जनाइएको छ ।

हालै ‘सेन्टीभाइरस’ मा समावेश ‘फनफनी’ गीत सार्वजनिक कार्यक्रम थियो । उक्त कार्यक्रममा दयाहाङलाई पत्रकारले सोधे – तपाईंलाई त नाच्न गाह्रो हुन्छ, फनफनी गीतमा नाच्न कत्तिको सजिलो लाग्यो?

दयाहाङले यो फिल्म कमेडी भएकाले आफ्नो नृत्य पनि त्यस्तै भएको प्रतिक्रिया दिए । पत्रकारका प्रश्नलाई रमाइलोका रुपमा लिँदै दयाहाङले भने – यो फिल्म कमेडी छ, त्यसैले पनि मैले नाचेको सुहाएको छ झैँ लागेको छ ।

गीतमा दयाहाङ राईले चल्तीकी मोडल अञ्जली अधिकारीसँग कम्मर मर्काएको देख्न सकिन्छ । फिल्मका अन्य कलाकार पनि गीतको भिडियोमा देख्न सकिन्छ ।

गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् भने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  २ : ०० बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्