बिजुली बेच्ने जिल्लाका जनताको दुःख– आफूले भने सोलार बाल्नुपर्छ « Khabarhub

बिजुली बेच्ने जिल्लाका जनताको दुःख– आफूले भने सोलार बाल्नुपर्छ


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– सङ्खुवासभाको १० वटा स्थानीय तहमध्ये दुर्गम दुईवटा स्थानीय तहमा अझै पनि विद्युतको केन्द्रीय प्रसारण लाइनमा जोडिएको छैन । भोटखोला र सिलिचोङ गाउँपालिका विद्युतको केन्द्रीय प्रसारण लाइनमा जोडिन नसकेको हो । विद्युतको केन्द्रीय प्रसारण लाइनमा नजोडिएका ती दुई गाउँपालिकाका केही गाउँमा भने धेरै पहिलेदेखि पेल्ट्रिक सेट, लघु जलविद्युत् पुगेका छन् । त्यस्तै, केही घरले सौर्यबत्ती जडान गरेर पनि घर उज्यालो बनाएका छन् ।

विपन्न वर्ग भने अझै पनि टुकीकै भरमा बस्न बाध्य रहेको भोटखोलाका नुर्बु भोटेले बताए । मकालु गाउँपालिकाका काजीमान गुरुङले पेल्ट्रिक सेट तथा लघु जलविद्युतमा बेलाबेलामा समस्या आइरहने भएकाले भरपर्दो नभएको बताए । राईले सौर्यबत्ती, लघु जलविद्युत् दीर्घकालीन नहुने भएकाले छिटोभन्दा छिटो केन्द्रीय प्रसारण लाइनका लागि पहल गर्न सरोकारवालालाई आग्रह गरिएको पनि बताए ।

भोटखोला गाउँपालिका सीमावर्ती नाका छिमेकी देश चीनसँग सिमाना जोडिएको गाउँपालिका हो । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको केन्द्र हटिया पुग्न मात्रै १०२ किमि कच्ची सडक हिँडेरै पार गर्नुपर्छ । हिउँदमा भने दुःखसुख साना सवारीसाधन चल्छ । किमाथाङ्का नाका पुग्न १६२ किमिको यात्रा पार गर्नुपर्छ ।

हिउँदमा कोशील्हासा राजमार्गको कच्ची सडकको भरमा हटियासम्म पुग्न सकिन्छ तर बर्खायाममा तीन/चार दिन लगाएर पैदल हिँड्नुको विकल्प छैन । यस्तै समस्या र दुर्गममा रहेको सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कु जान भोजपुरको बुङलिङटार तरेर मात्रै पुग्न सकिन्छ । ‘खाँदबारीबाट हेलुवाबेँसीसम्म यातायात पुगे पनि अरुणपारीदेखि गाउँपालिकाको केन्द्र ताम्कु पुग्न अरुण नदीमा पक्की पुल नहुँदा आवतजावतमा समस्या छ,’ सिलिचोङका अध्यक्ष राम कुलुङ भन्छन्, ‘यातायात समस्याले पनि गाउँपालिकामा विद्युतीकरणमा समस्या भएको छ ।’

जिल्लाका सबै स्थानीय तहका गाउँ–गाउँसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्‍याउने उद्देश्यअनुरूप नै काम भइरहेको नेपाल विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख रामआशिष शाहले बताए । प्रमुख शाहले भोटखोला र सिलिचोङको केन्द्रसम्म चाँडै विद्युत् विस्तार गरिने भन्दै अहिले काठको पोल विस्थापित गर्ने काम पनि भइरहेको पनि बताए ।

अहिलेसम्म खाँदबारी नगरपालिकाको मात्र सबै वडामा विद्युत् पुगेको विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख शाहको भनाइ छ । सुगम र सदरमुकामसमेत रहेकाले खाँदबारी नगरपालिकाका ११ वटै वडामा केन्द्रीय लाइनको विद्युतीकरण पुगेको छैन ।

त्यस्तै, चैनपुर, मादी, धर्मदेवी र पाँचखपन नगरपालिकाको करिब ९५ प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको भन्दै उनले गाउँपालिकाको हकमा सबैभन्दा बढी चिचिला गाउँपालिकाको करिब ५० प्रतिशत गाउँमा विद्युतीकरण पुगेको बताए । ‘धेरै ठाउँमा विद्युत् पुर्‍याउने प्रयास भइरहेको छ,’ शाहले भने, ‘विद्युतीकरण पुगेको ठाउँमा पनि अधिकांश स्थानमा काठको पोल गाडिएको छ ।’

वितरण केन्द्र प्रमुख शाहका अनुसार अब ती सबै काठको पोल हटाएर फलामको पोल गाडिने छ । जिल्लाभित्र झण्डै १५ हजार काठको पोलबाट विद्युतीकरण गरिएको छ । खाँदबारी नगरपालिकाभित्र मात्रै एक हजार १५३ काठको पोल छन् । ती फेर्नुपर्ने अवस्थामा रहेको छ ।

यहाँ रहेका ४ वटा हाइड्रोपाव दिपेश्वरी हाइड्रोपावर (चार मेगावाट), बरुण हाइड्रोपावर (साढे चार मेघावाट), अरुण भ्याली पिलुवा हाइड्रोपावर (तीन मेगावाट) र सुगम हाइड्रोपावर (लोहर पिलुवा एक मेगावाट) मा दैनिक १२ मेघावाट विद्युत् उत्पादन हुन्छ । धेरै भएको विद्युत् अन्य जिल्लामा समेत दिइएको शाहले बताए ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ३ : ११ बजे

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको