कुलमान घिसिङ र सन्दुक रुइतलाई २ लाख राशिको पुरस्कार « Khabarhub

कुलमान घिसिङ र सन्दुक रुइतलाई २ लाख राशिको पुरस्कार


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र आँखा रोग विशेषज्ञ चिकित्सक डाक्टर सन्दुक रुइतलाई ‘हेमबहादुर मल्ल सम्मान’ पुरस्कारबाट सम्मानित गरिने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार अघिल्लो वर्षको घिसिङ र यो वर्षको रुइतलाई प्रदान गर्न लागिएको हो ।

कर्पोरेसनले मंगलबार पत्रकार सम्मेलन गर्दै दुई जनालाई पुरस्कृत गर्ने घोषणा गरेको हो । घिसिङले नेपालमा लोडसेडिङ मुक्त गर्न थालेको कदम र डा. रुइतलाई नेत्रज्योतिका लागि गरेको योगदान स्वरुप सम्मान गर्ने घोषणा गरेको हो । पुरस्कार आउँदो शुक्रबार प्रदान गरिने भएको छ ।

हेम बहादुर मल्लको सम्झनामा पुरस्कार वि.स २०४९ सालमा स्थापना गरिएको हो । पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ । विगत दुई वर्षदेखि उक्त पुरस्कारबाट दुई जनालाई सम्मानित गरिँदै आएको छ ।

विगतमा यस पुरस्कारबाट डा. विमल कोईराला, अम्बिका श्रेष्ठ, खिलराज रेग्मी, उमेश मैनाली, देवेन्द्र राज पाण्डे, चादनी जोशी, केदारभक्त माथेमा, सुरेशराज शर्मा, महाविर पुन लगायत ११ जना सम्मानित भइसकेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ६ : ३२ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन