काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र आँखा रोग विशेषज्ञ चिकित्सक डाक्टर सन्दुक रुइतलाई ‘हेमबहादुर मल्ल सम्मान’ पुरस्कारबाट सम्मानित गरिने भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार अघिल्लो वर्षको घिसिङ र यो वर्षको रुइतलाई प्रदान गर्न लागिएको हो ।
कर्पोरेसनले मंगलबार पत्रकार सम्मेलन गर्दै दुई जनालाई पुरस्कृत गर्ने घोषणा गरेको हो । घिसिङले नेपालमा लोडसेडिङ मुक्त गर्न थालेको कदम र डा. रुइतलाई नेत्रज्योतिका लागि गरेको योगदान स्वरुप सम्मान गर्ने घोषणा गरेको हो । पुरस्कार आउँदो शुक्रबार प्रदान गरिने भएको छ ।
हेम बहादुर मल्लको सम्झनामा पुरस्कार वि.स २०४९ सालमा स्थापना गरिएको हो । पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ । विगत दुई वर्षदेखि उक्त पुरस्कारबाट दुई जनालाई सम्मानित गरिँदै आएको छ ।
विगतमा यस पुरस्कारबाट डा. विमल कोईराला, अम्बिका श्रेष्ठ, खिलराज रेग्मी, उमेश मैनाली, देवेन्द्र राज पाण्डे, चादनी जोशी, केदारभक्त माथेमा, सुरेशराज शर्मा, महाविर पुन लगायत ११ जना सम्मानित भइसकेका छन् ।
प्रतिक्रिया