उदय चोपडाको ‘आत्महत्या’ ट्वीटले बलिउडमा हलचल « Khabarhub

उदय चोपडाको ‘आत्महत्या’ ट्वीटले बलिउडमा हलचल


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार उदय चोपडा पछिल्लो समय फिल्म क्षेत्रबाट टाढा छन् । तर उनी यतिबेला भने अचानक ट्रेन्डिङ भएका छन् ।

उनले एक ट्वीट गरे, लगत्तै डिलिट गरे । तर यसको प्रभाव भने पछिसम्म पनि रह्यो ।

उनले आफ्नो पहिलो ट्वीटमा लेखे, ‘म ठीक छैन, म कोशिश गरिरहेको छु तर अहिलेसम्म असफल छु ।’ उनले ट्वीटरमा अर्को ट्वीट पनि गरेका थिए, ट्वीटमा लेखेका थिए, ‘केही घण्टाका लागि मैले आफ्नो ट्वीटर एकाउन्ट डिएक्टिभ पनि गरेँ, यस्तो लाग्यो जस्तो कि म मर्नेवाला छु, त्यो अभूतपूर्व थियो, मलाई लागेको थियो कि, सुसाइड नै  उत्तम उपाय हो, छिट्टै नै यसलाई म स्थायी रुपमा गर्न सक्छु ।’

उनले लेखेको ट्वीटपछि फ्यानले दुःखी हुँदै सचेत रहन आग्रह गरेका छन् । उनको ट्वीटले बलिउडमा हलचल ल्याएको छ । कति त चिन्तित भएर उक्त ट्वीटमा रियाक्ट पनि दिन थालेका छन् । फ्यानले चिन्ता व्यक्त गरेपछि उनले ट्वीट डिलिटसमेत गरे ।

पछि उनले अर्को ट्वीटमा लेखे, ‘मैले हालै केही ट्वीट गरेको थिएँ, जसले गर्दा केही मान्छे निकै दुःखी भए, म बिल्कुल ठीक छु, म केही यस्तो चीजसँग आत्तिएको थिएँ, जसले गर्दा मैले आफूलाई पनि सम्झन पाएको थिएन, मेरो चिन्ताको लागि धन्यवाद ।’

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ५ : १६ बजे

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको