आठौं राष्ट्रिय खेलकुदमा पहिलो पटक एनआरएनएको सहभागिता | Khabarhub Khabarhub

आठौं राष्ट्रिय खेलकुदमा पहिलो पटक एनआरएनएको सहभागिता


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक गैर आवसीय नेपाली महासंघ (एनआरएनए)ले सहभागिता जनाउने भएको छ । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी एनआरएनएले राष्ट्रिय खेलकुदका विभिन्न नौ वटा प्रतियोगितामा सहभागीता जनाउने जानकारी दिएको हो ।

एनआरएनका २४ खेलाडीले कराते, तेक्वान्दो, जुडो, ब्याट्मिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सीङमा गरी नौ खेलमा प्रतिस्पर्धा गर्नेछन् । नौ खेलमा प्रतिस्पर्धा गर्न एनआरएनएले विश्वका विभिन्न ७ देशबाट खेलाडी छनोट गरेको जानकारी दिएको छ ।
जसमा संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, मलेसिया, यूएई, मकाउ, जापान र हङकङबाट छनोट गरेको एनआरएनएका महासचिव बद्री केसीले बताए ।

एनआरएनएले हरके देशका एनआरएनए शाखाहरुमा सूचना पठाइ त्यहाँबाट विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएका खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराउने बताएको छ ।

एनआरएनएका अध्यक्ष भवन भट्टले राष्ट्रिय खेलकुदमा एनआरएनएका खेलाडी सहभागी गराउने घोषणा महत्वपूर्ण भएको बताउँदै आफ्नो प्रतिभा देखाउने उपयुक्त माध्यम भएको बताए ।

अध्यक्ष भट्टले विश्वका चर्चित र माथिल्लो तहमा आएका खेलाडी बाहेकलाई राज्य वा अन्य कुनै क्षेत्रले सहयोग गर्न नसकेको बताउँदै आफ्नो स्तरमा नपुगेसम्म खेलाडीहरु आफैले मेहनत गर्नु परेको बताए ।

यसअघि आठौं राष्ट्रिय खेलकुद मंसिरमा हुने बताइएको थियो पछि माग—फागुनमा हुने बताइए पनि अहिले चैत्र अन्तिमसम्मका लागि सारिएको छ । तर, एनआरएनएले आफ्ना खेलाडी निश्चित समयका लागि आएकाले अहिले भनिएको समयमा प्रतियोगिता नभए समस्या आउने समेत बताएका छन् ।

एनआरएनए टोली

कराते
विजय गुरुङ
लक्ष्मण मगर
नान बहादुर थापा
जनक सिंह खड्का
नोर्वु तामाङ
लोक मान सिंह श्रेष्ठ
कुमार भुसाल
लोक बहादुर श्रेष्ठ
राम बहादुर तामाङ
विमला तामाङ
शान्ति देवी अधिकारी
अविरल घिमिरे

जुडो
मोहन बाम
बक्सिङ
प्रचण्ड केसी
लन टेनिस
अमृत पौडेल
संरक्षण बज्राचार्य

गल्फ
लव कुमार गुरुङ
ब्याड्मिन्टन
बिक्की बुढा
सूर्य गिरी
हिरा लाल श्रेष्ठ
एथ्लेटिक्स (म्याराथन)
नारी चन्द

तेक्वान्दो
नवीन श्रेष्ठ
पुष्प थापा मगर

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ७ : २८ बजे

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।