युएईको विमानमा ‘हरि’ देखाइने « Khabarhub

युएईको विमानमा ‘हरि’ देखाइने


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युएईको एक विमानमा चढ्ने नेपाली तथा विदेशी यात्रुले ‍चलचित्र ‘हरि’ हेर्न पाउने भएका छन् । विश्वभर विभिन्न एअरलाइन्समा यात्रुलाई विदेशी सिनेमा देखाइने गर्छन् । नेपाली सिनेमा भने खासै देखाइने गरेको पाइँदैन । यद्यपि दुबई जाने यात्रुका लागि भने यो सिनेमा देखाइने भएको छ ।

नेपालफिल्क्सले युएईको एक एअरलाइन्ससँग नेपाली चलचित्र प्रदर्शनका लागि सम्झौता गरेको हो । तर एअरलाइन्स कुन भन्ने खुलाएको छैन । पहिलो चलचित्रका रुपमा सिनेमा ‘हरि’ देखाइनेछ ।

काठमाडौं र अन्य देशका विमानस्थलमा विमान चढ्ने यात्रुले यो फिल्म हेर्न पाउने नेपालफिल्क्सका कन्ट्री म्यानेजर सार्थक जिसीले बताए । उनका अनुसार सन् २०१९ को मे महिनाबाट यो फिल्म प्रदर्शन गरिनेछ ।

यो कार्यले नेपाली सिनेमाको प्रचार अन्य देशमा पुग्न टेवा पुग्ने आशा गरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ५ : ४० बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६