वर्षाले गरिन् मिलन चाम्सको तारिफ, भनिन् – केही पाएँ भन्ने महसुस हुन थालेको छ « Khabarhub

वर्षाले गरिन् मिलन चाम्सको तारिफ, भनिन् – केही पाएँ भन्ने महसुस हुन थालेको छ


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – गत सातादेखि प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम २’ ले सोचेजस्तो व्यापार गर्न सकेन । रिलिजअघि फिल्मको राम्रै चर्चा भए पनि फिल्म रिलिजपछि भने व्यापारमा गिरावट आयो । हलमा शो सङ्ख्या घट्दै गयो । पल शाह, नाजिर हुसेन, बुद्धि तामाङ र वर्षा शिवोकाटीले अभिनय गरेको फिल्म समीक्षात्मक दृष्टिमा पनि खासै सफल रहन सकेन । नायिका वर्षा शिवाकोटीको कामको भने ठीकै चर्चा भयो ।

यता वर्षाले भने फिल्मका निर्देशक मिलन चाम्ससँग भेट हुँदा आफ्नो करिअरमा ‘टर्निङ प्वाइन्ट’ आएको बताएकी छिन् । वर्षाले सामाजिक सञ्जाल फेसबूकमा एक लामो स्टाटस पोस्ट गर्दै आफूले मिलन चाम्ससँग काम गर्दा धेरै कुरा सिकेको बताइन् ।

‘केही निर्देशकहरुसँग काम गरेँ, कामका लागि काम गरेजस्तो मात्र भयो, ‘म’ बन्न पक्कै सकेको थिइनँ, सिकारु कलाकारको रुपमा पाइला चाल्दै गर्दा भेटिनुभएका आदरणीय मिलन सरसँगको भेट नै मेरा लागि टर्निङ प्वाइन्ट बनेको अनुभव गरेकी छु,’ वर्षाले लेखेकी छिन्, ‘केही पाएँ भन्ने महसुस हुन थालेको छ, ‘म’ बन्ने बाटो खुलेको अनुभूति गरेकी छु, उहाँसँग काम गर्नुअगाडि धेरै कुरा सुनेकी थिएँ, राम्रा नराम्रा, जब ‘वीर विक्रम २’ को यात्रा शुरु भयो, तब उहाँलाई नजिकबाट बुझ्ने मौका पाएँ ।’

तस्वीर – आर्यन बिमली

उनले फिल्ममा मुख्य रुपमा छानिनु र मिलन चाम्ससँग काम गर्न पाउनुलाई ‘भाग्य’ भएको बताएकी छिन् । उनले राम्रोलाई राम्रो भन्न सक्नुपर्ने धारणा पनि राखेकी छिन् । उनले लेखेकी छिन्, ‘मैले यो भनिरहँदा अर्को फिल्मको लागि वर्षाले चिप्लो घसी भन्नेहरु पनि देख्न पाइनेछ, उनीहरुले भन्नुभन्दा पहिले नै म आफै भन्छु, फेरि हरेक पटक हजुरसँग सहकार्य गर्न पाऊँ ।’

केही दिनअघि मिलन चाम्सले ‘वीर विक्रम २’ आफ्नो अन्तिम चलचित्र भएको भन्दै स्टाटस लेखेका थिए । पछि उनले उक्त स्टाटस मेटाएका थिए । त्यो स्टाटस मिलनले वर्षालाई लक्षित गरी लेखेको पनि फिल्म जगतमा चर्चा चलेको थियो । वर्षा र मिलन चाम्सको नाम जोडिएर विभिन्न गसिप बनिरहन्छन् । वर्षाले मिलनको तारिफ गर्दै भनेकी छिन्, ‘हजुरमा जति सिर्जनशीलता अरु कोही निर्देशकमा शायदै पाइन्छ ।’

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १ : ३० बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले