जाली नोटको धन्दामा युनुसको ‘कम ब्याक’ | Khabarhub Khabarhub

जाली नोटको धन्दामा युनुसको ‘कम ब्याक’


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– शुक्रबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका युनुस अन्सारीसहितका ३ नेपाली र ३ पाकिस्तानी गरी ६ जनाबाट पौने ८ करोड नक्कली भारतीय रुपैयाँ (भारु) नोट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कतार एयरवेजको विमानबाट काठमाडौं उत्रिएका ३ जना पाकिस्तानी नागरिकले २ वटा व्रिफकेसमा नक्कली भारु बोकेका थिए ।

नक्कली नोट बाकेर काठमाडौं उत्रिएका पाकिस्तानी नागरिकलाई लिन युनुस अन्सारीसहित ३ जना नेपाली विमानस्थल पुगेका थिए ।

उनीहरुलाई २ वटा व्रिफकेससहित विमानस्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा युनुस अन्सारीसहित नेपाली नागरिक साहेल खान (युनुसका नातेदार), सुजन रानाभाट (युनुसको गाडीका ड्राइभर छन् । पाकिस्तानी नागरिकमा नासिर उद्दिन (पासपोर्ट एआर २४०६४३२०), नादिया अनवर (पासपोर्ट सीएन १८१२०३२०) र मुहम्मद अख्तर (एए १३४५४९४०) छन् ।

नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले उनीहरुबाट बरामद भएको नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार  रहेको बताए ।

को हुन् पक्राउ परेका अन्सारी ?

शुक्रबार विमानस्थलबाट पक्राउ परेका युनुस यसअघि पनि जाली नोट र लागू औषध तस्करी प्रक्ररणमा जेल सजाय काटेर रिहा भइसकेका व्यक्ति हुन् ।

पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुस करिब २ दशकदेखि जाली भारतीय रुपैयाँको कारोबारमा संलग्न व्यक्ति हुन् । ५ वर्ष अगाडि निधन भइसकेका बुवा सलिमसँग युनुसको राम्रो सम्बन्ध थिएन।

छोराको ‘काम’प्रति असन्तुस्ट रहेका सलिमले पछिल्लो समय युनुससँगको बालचाल नै बन्द गरिदिएका थिए ।

नेपाल प्रहरीको विशेष ब्यूरोले अन्सारी पाकिस्तानी गुप्तचर संस्था आईएसआईको ‘भारतविरोधी गतिविधि’अन्तर्गत नेपालमा जाली भारतीय नोटको जालो चलाउन सक्रिय छन् ।

उनी यसअघि २ पटक पक्राउ परि जेल सजाय समेत भोगिसकेका व्यक्ति हुन् । अन्सारीलाई १८ पुस २०६५ मा प्रहरीको विशेष ब्यूरोले जाली नोटसहित पक्राउ गरेको थियो ।

त्यतिबेला प्रहरीले उनी बस्ने त्रिपुरेश्वरको ब्लूबर्ड होटलको कोठामा पाकिस्तानीबाट मगाएर लुकाएर राखेको २५ लाख ४४ हजार नक्कली भारतीय रुपैयाँ बरामद गरेको थियो ।

अन्सारी जाली नोट कारोबारको सजाय भोगेर पहिलोपटक जेलबाट छुटेको ३ महिना पनि नबित्दै पुनः ११ माघ २०७० मा २ सहयोगीसहित ललितपुरको नख्खिपोटबाट पक्राउ परेका थिए ।

प्रहरीको विशेष टोलीले छापा मार्दा नख्खीपोटस्थित अन्सारीको निवासबाट ३५ लाख जाली भारतीय रुपैयाँ फेला पारेको थियो ।

कारागारभित्र रहँदा समेत उनले पाकिस्तानबाट जाली नोट मगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । आईएसआईका लागि ‘बाबर कोड’ नामबाट परिचित अन्सारी जेलभित्रैबाट समेत जाली नोटको कारोबारमा संलग्न रहेपछि उनको हत्या प्रयास समेत भएको थियो ।

उनीमाथी दुई पटक हत्या प्रयास समेत भएको छ । जाली नोट र लागूऔषधसम्बन्धी मुद्दाको सजायका लागि केन्द्रीय कारागारमा थुनामा रहँदा अन्सारीमाथि २६ फागुन २०६७ मा गोली प्रहार भएको थियो ।

अन्सारीकै प्रत्यक्ष संलग्नतामा जेलभित्रै रहँदा उनले मगाएको ४० लाख ९० हजार जाली भारतीय रुपैयाँ ६ असोज २०६७ मा त्रिभुवन बिमानस्थलबाट बरामद भएको थियो ।

अन्सारीले पाकिस्तानी लगानीमा नेशनल टेलिभिजन सञ्चालन गरेका थिए । प्रहरीको विशेष व्यूरोले गरेको अनुसन्धानबाट उनले टेलिभिजनको नामबाट समेत जाली नोटको कारोबार गर्ने गर्ने गरेको र एक महिला पत्रकारहरुलाई समेत भरिया बनाएको खुलेको थियो ।

भारतले लामो समयदेखि अन्सारी पाकिस्तानी गुप्तचर संस्था आईएसआईको मिलोमतोमा नेपालमा जाली भारतीय नोटको जालो फैलाउन सक्रिय रहेको भन्दै उनीमाथि कारबाहीका लागि नेपाली निकायलाई पत्र पठाउने गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ३ : २६ बजे

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो

कोशी प्रदेशसभा बैठक बस्दै, संकल्प प्रस्ताव दर्ता गरिने

विराटनगर– कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको अधिवेशन