दक्षिण थाइल्याण्डस्थित एक सैनिक शिविरमा भएको आक्रमणमा ४ जना मारिए « Khabarhub

दक्षिण थाइल्याण्डस्थित एक सैनिक शिविरमा भएको आक्रमणमा ४ जना मारिए


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक– दक्षिण थाइल्याण्डको एक सैनिक शिविरमा भएको आक्रमणमा कम्तीमा ४ जनाको ज्यान गएको छ ।

पत्तानी प्रान्तको दुर्गम क्षेत्रमा बन्दुकधारीले सैनिक शिविरमा भएको आक्रमण लडाकु र सुरक्षाकर्मीबीच घण्टौंसम्म भिडन्त भएको हो । आक्रमणमा परी मारिनेमा सेनाका एक वरिष्ठ अधिकारी, दुई सुरक्षा स्वयंसेवक र एक गाउँले छन् ।

आक्रमणका क्रममा गम्भीर घाइते भएका दुई जनालाई अस्पताल भर्ना गरिएको र उनीहरुको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको थाई राज्यविरुद्ध आत्म निर्णयका लागि युद्ध गर्दै आएका दक्षिण थाइल्याण्डमा सक्रिय मले मुसलमान लडाकुको संलग्नता रहेको हुनसक्ने शंका गरिएको छ ।

केही समयअघि सुरक्षाकर्मीले एक संदिग्ध मले मुसलमान लडाकुलाई सोधपुछका लागि एक सैनिक शिविरमा लगेपछि आक्रोशित बनेका लडाकुले आक्रमण गरेको हुनसक्ने बताइएको छ ।

यस क्षेत्रमा १५ वर्षयता जारी द्वन्द्वमा ७ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  २ : ३८ बजे

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी