कश्मीरमा सुरक्षाकर्मी र प्रहरीबीच झडप, केहि घाइते « Khabarhub

कश्मीरमा सुरक्षाकर्मी र प्रहरीबीच झडप, केहि घाइते


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत-प्रशासित कश्मीरका सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप भएको छ । श्रीनगर शहरमा प्रदर्शनकारी र सुरक्षाकर्मी आपसमा भिडेका हुन् ।

शान्तिपूर्ण शुरू भएको विरोध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि हिंसा भएको थियो। प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको थियो। कम्तीमा दुईजना घाइते भएका छन्।

तीन साता अगाडि भारत सरकारले जम्मू-कश्मीरलाई प्रदान गरेको आंशिक स्वायत्तता खारेज गरेपछि त्यहाँको स्थिति तनावपूर्ण छ।

इन्टरनेट र मोबाइल फोन बन्द गरिएका कारण कश्मीरको बारेमा कमै सूचना बाहिरिएको बीबीसीले जनाएको छ ।

प्रदशर्नका क्रममा भएको झडपमा केही घाइते भएका छन् । घाइतेको संख्या भने खुलेको छैन । धेरै घाइतेहरू अस्पताल जाँदा गिरफ्तार हुने डरले घरमै उपचार गराउने गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रदर्शन भएको सौरा क्षेत्र भारत सरकारको निर्णयविरुद्ध प्रदर्शनको केन्द्रविन्दु बन्न थालेको छ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  १ : १० बजे

नक्कली उत्पादनविरुद्ध सरकार आक्रामक : सयभन्दा बढी शङ्कास्पद वस्तु नियन्त्रणमा

काठमाडौँ – बजारमा नक्कली उत्पादनहरूको बिक्री-वितरण भइरहेको खबर सार्वजनिक भएपछि

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

तत्काल सम्झौता भए इरानमाथिको हमला रोक्न ट्रम्प तयार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘द्रुत गतिमा’ कूटनीतिक

युवा टोलीमा अनुभव थप्ने चेल्सीको नयाँ रणनीति : ३५ वर्षका वेलबेक अनुबन्धित

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले ब्राइटनका भेट्रान स्ट्राइकर

बुटवल ‘अटोभिलेज’ पुराना सवारीको ‘डम्पिङ साइट’ बन्दै (तस्बिर)

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ ।