शंकरले हस्तान्तरण गरे ईश्वर पोखरेललाई स्कूल विभागको जिम्मेवारी « Khabarhub

शंकरले हस्तान्तरण गरे ईश्वर पोखरेललाई स्कूल विभागको जिम्मेवारी


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका नेता ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएका छन् ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सनिबार विशेष कार्यक्रमगरी पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको हो । तत्कालिन नेकपा एमालेका स्कूल विभाग प्रमुख शंकर पोखरेलले नेता ईश्वर पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएपछि नेता पोखरेलले विचार र संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउदै नेतृत्व निर्माणमा अघि बढ्ने प्रतिवद्धता जाए ।

परिर्वतित अवस्थामा हिजोको ढाँचाबाट नेतृत्व निर्माण हुन नसक्ने भन्दै उनले नेतृत्व निर्माणमा नयाँ ढंगले अघि बढ्ने बताए । सिंगो पार्टी पंक्तिले राजनीतिक कार्यदिशाको बारेमा एउटै बुझाई बुझ्ने र एउटै बोली बोल्नुपर्ने उनको भनाइ थियो ।

स्कूल विभागको जिम्मेवारी लिन रस्साकस्की चलिरहेको बेला पोख्रेलले जिम्मेवारी पाएका हुन् । एकता अघि उनी तत्कालिन नेकपा एमालेका महासचिव थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  १० : २० बजे

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल