लोकल मदिरा सेवनबाट ज्यान गुमाउनेको संख्या १ सय ५० पुग्यो « Khabarhub

लोकल मदिरा सेवनबाट ज्यान गुमाउनेको संख्या १ सय ५० पुग्यो


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको आसाममा विषाक्त मदिराको सेवनबाट मृत्यु हुनेको सङ्ख्या १ सय ५० पुगेको छ ।

गत बिहीबार आसामको राजधानी गुवाहटीबाट ३ सय १० किलोमिटर टाढा गोलाघाटमा भन्ने स्थानमा रहेको चियाबगानमा काम गर्ने मजदुरले विषाक्त मदिराको सेवन गर्दा भएको घटनामा अरु ज्यान गुमाउनेको सङ्ख्या १ सय ५० को आसपास पुगेको हो । घटनामा अझै १ सय ७० जना सिकिस्त बिरामीको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोलाघाटको चियाबगानमा काम गर्ने कामदारले साप्ताहिक तलब आएपछि मदिरा सेवन गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १६ जना मदिरा बनाउनलाई गिरफ्तार गरेको जनाएको छ । भारतमा देशी दारु भनिने मदिराको सेवनबाट वर्षेनी सयौँले ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ११ : ३० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र