लोकल मदिरा सेवनबाट ज्यान गुमाउनेको संख्या १ सय ५० पुग्यो « Khabarhub

लोकल मदिरा सेवनबाट ज्यान गुमाउनेको संख्या १ सय ५० पुग्यो


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको आसाममा विषाक्त मदिराको सेवनबाट मृत्यु हुनेको सङ्ख्या १ सय ५० पुगेको छ ।

गत बिहीबार आसामको राजधानी गुवाहटीबाट ३ सय १० किलोमिटर टाढा गोलाघाटमा भन्ने स्थानमा रहेको चियाबगानमा काम गर्ने मजदुरले विषाक्त मदिराको सेवन गर्दा भएको घटनामा अरु ज्यान गुमाउनेको सङ्ख्या १ सय ५० को आसपास पुगेको हो । घटनामा अझै १ सय ७० जना सिकिस्त बिरामीको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोलाघाटको चियाबगानमा काम गर्ने कामदारले साप्ताहिक तलब आएपछि मदिरा सेवन गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १६ जना मदिरा बनाउनलाई गिरफ्तार गरेको जनाएको छ । भारतमा देशी दारु भनिने मदिराको सेवनबाट वर्षेनी सयौँले ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ११ : ३० बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन