कहाँ-कहाँ साट्न पाइन्छ दशैंका लागि नयाँ नोट ? | Khabarhub Khabarhub

कहाँ-कहाँ साट्न पाइन्छ दशैंका लागि नयाँ नोट ?


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि १७ गतेसम्म दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै दशैंका लागि नयाँ नोट दिने मिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार दशैँका लागि एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै नयाँ नोट पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा पनि साट्न पाईन्छ ।

कृषि विकास बैंकले काठमाडौं उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट बाँड्दै छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले सुझाएको छ ।

राष्ट्र बैंकले नीजि बैंकका शाखासमेतबाट नयाँ नोट लिन सकिने छ । उपत्याकाबाहिर भने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर र जनकपुरबाट नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

सेवाग्राहीले असोज १० देखि १७ गतेसम्म ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्न सक्ने नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ५ : ५५ बजे

सामुदायिक विद्यालयमा केरियार काउसेलिङ कार्यक्रम संचालन हुने 

काठमाडौं– सरकारले सामुदायिक विद्यालयमा केरियार काउसेलिङ कार्यक्रम संचालन गर्ने भएको

शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने 

काठमाडौं– सरकारले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक राजनीतिक दलको सदस्य

मोरङमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार

विराटनगर– मोरङमा प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ

बुढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षदेखि दुई ठूला जलविद्युत् आयोजनाको निर्माण

स्थानीय तहले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने

काठमाडौं– सरकारले स्थानीय तहलाई महिना पिच्छे ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच