टर्की-सिरिया तनाव: रूसी सेना सीमामा तैनाथ « Khabarhub

टर्की-सिरिया तनाव: रूसी सेना सीमामा तैनाथ


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरियाली कुर्दहरूलाई पछाडि हटाउने सहमति अनुरूप रुसी सेना टर्की-सिरिया सीमामा तैनाथ हुन थालेका छन् ।

सैन्य टुकडीहरू मुख्य सीमा शहरहरू कोबनी र मन्बिजमा प्रवेश गरेका बीबीसीले जनाएको छ ।

कुर्द लडाकुहरूलाई सो क्षेत्रबाट फिर्ता गराउने र सीमाबाट ३० किलोमिटर पर उनीहरूका अस्त्र पुर्‍याउने कार्यमा रूसी सैनिकले सघाउने बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका टर्किश समकक्षी रेजेप तय्यीप एर्दोआनबीच मङ्गलवार भएको सहमतिले कुर्द लडाकुहरूलाई फिर्ता हुनका लागि बुधवार मध्याह्नबाट १५० घण्टाको समय उपलब्ध गराएको हो ।

टर्कीका फौजहरूले भने कुर्दविरूद्धको सैन्य कारबाहीमा कब्जामा लिएका क्षेत्रहरू आफ्नो नियन्त्रणमा राख्नेछन् । टर्कीको एउटा योजना सीमावर्ती भेगमा एउटा ‘सुरक्षित क्षेत्र’ बनाउनेछ जहाँ टर्कीमा रहेका बीस लाख शरणार्थीलाई पुनर्स्थापित गर्न सकिनेछ ।

झन्डै दुई हप्ताअघि अमेरिकाले आकस्मिक र अनपेक्षित निर्णय गर्दै आफ्नो सेना उत्तरी सिरियाबाट फिर्ता गरेपछि उत्पन्न परिस्थितिमा टर्की र रुसबीच यस्तो सहमति भएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ६ : ३९ बजे

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि