सिरहाको एक पेट्रोल पम्पमा सिलबन्दी | Khabarhub Khabarhub

सिरहाको एक पेट्रोल पम्पमा सिलबन्दी


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– नाप तौल तथा गुणस्तरीय कार्यालय विराटनगरबाट खटिएको अनुगमन टोलीले सिरहाको महत्तो फ्युल सेन्टरमा तालाबन्दी गरेको छ ।

विसनपुर गाउँपालिका–५ स्थित लक्ष्मीपुरमा सञ्चालित सो पेट्रोलपम्पले पेट्रोल कमबेसी गर्ने मेशिनको सिल बिगारी पेट्रोल र डिजेलको डिस्प्ले बिगारेर डिजेल बिक्री गरिरहेको अवस्थामा टोलीले जाँच गर्ने क्रममा फेला पारी सिलबन्दी गरेको नाप तौल तथा गुणस्तरीय कार्यालयका प्रमुख शम्भू झाले जानकारी दिए ।

उनका अनुसार सो पेट्रोल पम्पले पाँच लिटर पेट्रोलमा १०० मिलि र पाँच लिटर डिजेलमा १४० मिलि कम बिक्री गर्ने गरेको अनुगमन टोलीले फेला पारेको थियो । स्टण्डर्ड नाप तौल ऐन–२०२५ को दफा ३ बमोजिम यसरी मेशिन बिगारी कम परिमाणमा बिक्री गर्ने पम्प सञ्चालकलाई तीन वर्ष कैद र रु १० हजारसम्म जरिवाना माग दाबी गर्दै कारवाही प्रक्रिया अगाडि बढाएको प्रमुख झाले बताए ।

टोलीमा जिल्ला प्रशासन कार्यालय सिरहाका कर्मचारी कमल आचार्य र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी हेमन्तविक्रम राणा पनि सम्मिलित भएका थिए ।

सो टोलीले सिरहा बजारका पिके राज पेट्रोल पम्प र सिरहाकै माडरस्थितका राधा नदीम पेट्रोल पम्पको अनुगमन गरी नाप जाँच गरेको थियो । सिलबन्दीमा परेका पेट्रोल पम्प सञ्चालकले तीन दिनभित्रमा नाप तौल तथा गुणस्तरीय कार्यालयमा हाजिर भई सो सम्बन्धमा जानकारी दिन पत्रचार पनि गरिसकेको प्रमुख झाले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : १४ बजे

ट्रम्पले छ लाख चिनियाँ विद्यार्थीलाई अमेरिका प्रवेश गर्न दिने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकाले चीनबाट छ

गौतमबुद्ध र पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्नेबारे छलफल

काठमाडौं– भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय

तीजको दिन झिनो अंकले बढ्यो नेप्से

काठमाडौं– हरितालिका तीजको दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से झिनो अंकले

सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

नेपालगञ्ज– भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क