तुलसीपुरमा आधुनिक बसपार्क निर्माण « Khabarhub

तुलसीपुरमा आधुनिक बसपार्क निर्माण


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– चारैतिर खचाखच गाडी, वर्षादको समयमा हिलाम्य, हिउँदको समयमा धुलाम्य हुने गरेको तुलसीपुर बसपार्क अहिले भने चिटिक्ट हुँदै गएको छ ।

यात्रुलाई सजह तथा सुरक्षित बसपार्कबाट यातायात सेवा प्रवाह गर्न अहिले आधुनिक बसपार्क निर्माण भएपछि चिटिक्क हुदै गएको हो । तुलसीपुर उपमहानगरपालिकाले नगर विकास कोष नयाँ बानेश्वरबाट ऋण तथा अनुदान रकम लिई त्यहाँ आधुनिक बसपार्क निर्माण गरेको हो ।

आधुनिक बसपार्क निर्माण भएपछि यहाँका नागरिक पनि सुविधा सम्पन्न बसपार्कबाट अब सेवा लिन पाइने भयो भन्दै खुशी भएका छन् । आधुनिक बसपार्क निर्माणको सम्झौता बमोजिमको सम्पूर्ण काम पूरा भएको र छिट्टै भवनको उद्घाटन गरिने तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

विसं २०७४ वैशाख महीनामा आधुनिक बसपार्क निर्माणका लागि बोलपत्र प्रक्रिया बढाएको उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिनुभयो । भ्याट बाहेक रु नौ करोड नौ लाखको लागतमा सम्झौता अनुसारको निर्माणको पहिलोचरणको काम पूरा भएको इञ्जिनीयर योगीले बताउनुभयो । बसपार्क निर्माणको जिम्मेवारी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी काठमाडौँले पाएको थियो ।

निर्माणको जिम्मेवारी पाए पनि बसपार्क बनाउने जग्गाको केही भागमा अटोभिलेज हुँदा केही समय जग्गा विवादका कारण काम अवरुद्ध भएको थियो । जनप्रतिनीधि, यहाँका नागरिक समाज, दलका नेता, उद्योगी, स्थानीयवासीबीच समन्वय गरी छलफल भई समस्या समाधान भएसँगै निर्माणको कामले तीव्रता पाएको थियो । अहिले निर्माणको काम पूरा भएको इञ्जिनीयर योगीले जानकारी दिए ।

अटोभिलेजलाई त्यहाँबाट तुलसीपुर नगरपालिका–६ रजौराको कमलपोखरी सामुदायिक वनको जग्गामा सारिएको छ । आधुनिक बसपार्क साढे पाँच बिघाहा क्षेत्रफल जग्गामा फैलिएको छ ।

त्यहाँ तीन सय बढी सवारीसाधन व्यवस्थित रुपमा राखिने क्षमता रहेको छ । त्यहाँ यात्रु प्रतिक्षालय, टिकट काउन्टर भवन, शौचालय र पक्की सडक निर्माण गरिएको पनि योगीले जानकारी दिए । उनका अनुसार बसपार्कभित्र ५२ वटा व्यावसायिक टहराका प्रशासनिक भवन, रेष्टुरेन्टलगायतका संरचना निर्माण गरिएको छ । सो बसपार्कमा स्तनपान कक्ष निर्माण गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १२ : ४८ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।