२६५ किमि प्रतिघण्टाको गतिमा आएको थियो ‘टोर्नेडो’- मौसम विभाग « Khabarhub

२६५ किमि प्रतिघण्टाको गतिमा आएको थियो ‘टोर्नेडो’- मौसम विभाग


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरी (टोर्नेडो) पर्साको सखुवा–पर्सौनीमा शुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले उक्त विनाशकारी हावाहुरी सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै हावाहुरीको अधिकतम गति १८० देखि २६५ किमि प्रतिघण्टा भएको ‘इएएफ ३ समूह’ रहेको जनाएको हो ।

नेपालमा यसअघि त्यस्तो विनाशकारी हावाहुरी आएको कुनै अभिलेख नभएकाले त्यससम्बन्धी प्रतिवेदन तयार गर्न विभागका महानिर्देशक सरजु वैद्यको अध्यक्षतामा विभिन्न संस्थाका विज्ञ प्रतिनिधिसहितको आठ सदस्यीय समिति गठन गरिएको थियो । समितिले नै उक्त टोर्नेडोको नेपाली नामकरण ‘घुम्रपात’ राख्न उपयुक्त हुने निर्णय गरेको थियो ।

समितिले विभिन्न भू–उपग्रहका तस्वीर अध्ययन गर्दा सो ‘घुम्रपात’ २०० देखि ७५० मिटर चौडा रही पर्साको सखुवा–पर्सौनीमा शुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको देखिन्छ ।

समितिले स्थानीय तथा प्रत्यक्षदर्शीसँगको अन्तक्र्रिया र छलफल, फोटो तथा भिडियो, भू–उपग्रहबाट लिइएका तस्वीरको विश्लेषणका साथै भौगोलिक सूचना प्रणाली तथा तथ्याङ्कीय विश्लेषण सफ्टवेयरका आधारमा उक्त ‘घुम्रपात’को पहिचान गरेको महानिर्देशक वैद्यले जानकारी दिए ।

समितिले मौसमी अध्ययनअन्तर्गत त्यस समयको सतही तथा माथिल्लो वायुमण्डलको मौसमी नक्सा, भू–उपग्रहबाट लिइएका तस्वीर, चट्याङ सञ्जालबाट प्राप्त तथ्याङ्क, मौसम अवलोकन केन्द्रमा रेकर्ड गरिएको वायुको चाप र हावाको गतिको अवस्थाका साथै रेडियोसोण्ड डाटामा आधारित रहेर विश्लेषण गरिएको उनले बताए ।

महानिर्देशक वैद्यले भने, “घुम्रपातले पर्सामा भन्दा अघि चितवन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा समेत क्षति पुर्‍याएको देखिन्छ । यद्यपि त्यसको स्थलगत यकिन विवरण प्राप्त भएको छैन ।”

प्रतिवेदनमा ‘घुम्रपात’ जस्ता अतिजन्य मौसमको कारणले हुने धनजनको क्षतिन्यूनीकरण गर्न आवश्यक उपकरण र स्रोतसहितको पूर्वसूचना प्रणाली विभागमा स्थापना गर्न र यस्ता अतिजन्य मौसम प्रणालीको थप अध्ययन र अनुसन्धान गर्न सुझाव दिइएको छ ।

साथै प्रतिवेदनमा घुम्रपातको प्रारम्भिक अध्ययनमात्र गरिएको हुनाले यो ‘घुम्रपात’को मौसमी अवस्थाको विभिन्न दृष्टिकोणबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ‘घुम्रपात’ तथा अतिजन्य मौसमसम्बन्धी विज्ञको सहकार्यमा विस्तृत अनुसन्धान गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।

टोर्नाडोमा परी बारा र पर्सामा २९ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ९ : ३३ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी